गुठी विधेयक फिर्ताका लागि पत्र दर्ता

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ९, २०७६
|
|
४६ पटक हेरिएको
Shares
गुठी विधेयक फिर्ताका लागि पत्र दर्ता

सारांश

  • सरकारले गुठी विधेयक फिर्ता गर्न राष्ट्रिय सभामा औपचारिक रूपमा पत्र (लिखित प्रस्ताव) दर्ता गरेको छ ।
  • गुठी विधेयकको विरोधमा उपत्यकामा आन्दोलन चर्किएपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार सरकारले विधेयक फिर्ता लिन राष्ट्रियसभा सचिवालयमा पत्र दर्ता गरेको हो ।
  • भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले राष्ट्रिय सभामा शनिबार पत्र दर्ता गरेको संसद् सचिवालय स्रोतले जानकारी दिएको छ।

सरकारले गुठी विधेयक फिर्ता गर्न राष्ट्रिय सभामा औपचारिक रूपमा पत्र (लिखित प्रस्ताव) दर्ता गरेको छ । गुठी विधेयकको विरोधमा उपत्यकामा आन्दोलन चर्किएपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार सरकारले विधेयक फिर्ता लिन राष्ट्रियसभा सचिवालयमा पत्र दर्ता गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले राष्ट्रिय सभामा शनिबार पत्र दर्ता गरेको संसद् सचिवालय स्रोतले जानकारी दिएको छ। संसद् नियमावलीअनुसार विधेयक फिर्ता लिन सरकारले संसद्मा प्रस्ताव गर्नुपर्ने र त्यसलाई सम्बन्धित सदनको बहुमतबाट स्वीकृत हुनुपर्ने व्यवस्था छ।

विधेयक औपचारिक रूपमा फिर्ता गर्नु २४ घण्टाअगाडि संसद्मा प्रस्ताव दर्ता गर्नुपर्ने व्यवस्था छ। राष्ट्रिय सभाको बैठक मंगलबार बस्दै छ। बैठकमा मंगलबार सरकारको विधेयक फिर्ता लिने प्रस्ताव पेस हुनेछ। सरकार आफैंले फिर्ता लिने प्रस्ताव गरेको र कांग्रेसलगायत प्रतिपक्षी पार्टीसमेत विधेयकको विरोधमा रहेकाले राष्ट्रिय सभाबाट सर्वसम्मत रूपमा फिर्ताको निर्णय हुने सम्भावना रहेको स्रोतले जानकारी दिएको छ।

मन्त्री अर्यालले विधेयक वैशाख १७ गते राष्ट्रिय सभा सचिवालयमा दर्ता गरेकी थिइन्। जेठ १३ गते राष्ट्रिय सभाको बैठकले सामान्य सैद्धान्तिक छलफलपछि दफावार बहसका लागि विधेयक मातहतको विधान व्यवस्थापन समितिमा पठाएको थियो।

गुठियार र सरोकारवालाको तीव्र विरोध भएपछि मन्त्री अर्यालले असार ३ मा पत्रकार सम्मेलन गरी विधेयक फिर्ता गर्ने घोषणा गरेकी थिइन्।
कान्तिपुरबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दर्जा हेरेर उपचारमा भेदभाव नगर्न प्रहरी महानिरीक्षकको निर्देशन
दर्जा हेरेर उपचारमा भेदभाव नगर्न प्रहरी महानिरीक्षकको निर्देशन
यस्ता आरोप लगाउँदै प्रचण्डले दिए प्रधानमन्त्रीलाई सरकारमा नरहेको जानकारी
यस्ता आरोप लगाउँदै प्रचण्डले दिए प्रधानमन्त्रीलाई सरकारमा नरहेको जानकारी
चैत ९ गते आइतबारको राशिफल यस्तो छ
चैत ९ गते आइतबारको राशिफल यस्तो छ
बाला चतुर्दर्शीको अबसरमा पशुपति मन्दिर परिसरमा भक्तजनहरुको भिड बड्दो ।(फाेटाे फिचर)
बाला चतुर्दर्शीको अबसरमा पशुपति मन्दिर परिसरमा भक्तजनहरुको भिड बड्दो ।(फाेटाे फिचर)
भारतमा ब्राउन सुगरसहित दुई नेपाली युवा पक्राउ
भारतमा ब्राउन सुगरसहित दुई नेपाली युवा पक्राउ
जेठ १३ गते मंगलबारको राशिफल यस्तो छ
जेठ १३ गते मंगलबारको राशिफल यस्तो छ
आणविक हतियार प्रहार नगर्न रुसलाई इयूको चेतावनी
आणविक हतियार प्रहार नगर्न रुसलाई इयूको चेतावनी
कालापानीको मुद्दामा पन्छियो चीनस राजदूत यान्छीले भनिन्(कालापानीको मुद्दा नेपाल र भारतबीचको विषय हो
कालापानीको मुद्दामा पन्छियो चीनस राजदूत यान्छीले भनिन्(कालापानीको मुद्दा नेपाल र भारतबीचको विषय हो
९४ स्थानको मतपरिणाम सार्वजनिक, कुन दलले कति स्थान जिते ? (सूचिसहित)
९४ स्थानको मतपरिणाम सार्वजनिक, कुन दलले कति स्थान जिते ? (सूचिसहित)
सामाजिक संजाल प्रयोग गरी रकम ठग्ने महिला पक्राउ
सामाजिक संजाल प्रयोग गरी रकम ठग्ने महिला पक्राउ