निर्वाचन नभए ओली सरकार के हुन्छ ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ८, २०७८
|
|
५४ पटक हेरिएको
Shares

सारांश

  • प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २६ कात्तिक र ३ मंसिर गरी दुई चरणमा हुनेगरी निर्वाचन घोषणा गरेकी छिन् ।
  • तर, घोषित चुनाव हुन नसकेमा केपी शर्मा ओली सरकारको भविष्य के हुन्छ ?
  • यो प्रश्न अहिले नै उठेको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २६ कात्तिक र ३ मंसिर गरी दुई चरणमा हुनेगरी निर्वाचन घोषणा गरेकी छिन् । तर, घोषित चुनाव हुन नसकेमा केपी शर्मा ओली सरकारको भविष्य के हुन्छ ? यो प्रश्न अहिले नै उठेको छ ।

घोषित चुनाव हुनेमा राजनीतिक दलका कतिपय नेता र कतिपय कानुन व्यवसायीले नै आशंका व्यक्त गरेका छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी चुनाव गर्नका लागि घोषणा नगरिएको जिकिर गर्छन् । चुनाव हुन नसकेमा संविधान अनुसार प्रधानमन्त्री ओली पदमा रहनेबारे प्रश्न उठ्न सक्छ ।

संविधानको धारा ७६ को विभिन्न वैकल्पिक धाराहरु १, २, ३ र ५ बाट प्रधानमन्त्री नियुक्त हुने प्रावधान छ । विभिन्न चरण पार गर्दै धारा ५ मा पुगेपछि उक्त धाराबाट नियुक्त प्रधानमन्त्रीले विश्वासको मत लिन नसकेपछि वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी छ महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ । त्यसैले ओलीले ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्नेगरी मिति तोकेका छन् ।

तर, ६ महिनाभित्र चुनाव गर्न नसके ओलीको लागि नयाँ चुनौती आउन सक्छ । संविधान अनुसार एक महिना संकटकाल लगाउन सक्छन् । त्योभन्दा बढी समय संकटकाल लगाउन प्रतिनिधि सभाबाट अनुमोदन गर्नुपर्छ । अन्यथा संकटकाल स्वत खारेज हुन्छ ।

यसकारण चुनाव छ महिनाभित्र सम्पन्न गर्न नसके ओलीमाथि पद त्यागको संवैधानिक चुनौती आउनसक्छ । त्यो चुनौतीलाई मध्यनजर गरेर ओलीले राजीनामा नदिई विश्वासको मत नलिने निर्णय गरे । उनले त्यसपछि धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनको मार्ग प्रशस्त गरेको त बताए तर बहुमत दाबी गरेर विरोधी गठबन्धनको बहुमत दाबीलाई राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत् असफल बनाउन सके ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बम राख्ने हाम्रो पार्टीको नीति छैन– उम्मेदवार आफैंले बम राख्छन्, अनि प्रहरी बोलाउँछन् !
बम राख्ने हाम्रो पार्टीको नीति छैन– उम्मेदवार आफैंले बम राख्छन्, अनि प्रहरी बोलाउँछन् !
ललिता निवास प्रकरणमा नक्कली मोही बनेको आरोपमा दुई पक्राउ
ललिता निवास प्रकरणमा नक्कली मोही बनेको आरोपमा दुई पक्राउ
पूर्वगृहराज्यमन्त्री तथा सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक
पूर्वगृहराज्यमन्त्री तथा सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक
ओली–प्रचण्ड बैठकमा सांगठानिक, वैचारिक र राजनीतिक विषयमा मतैक्यता
ओली–प्रचण्ड बैठकमा सांगठानिक, वैचारिक र राजनीतिक विषयमा मतैक्यता
शववाहन खरिद गर्न फुटसल
शववाहन खरिद गर्न फुटसल
यस्तो बेला बढी सेक्स चाहान्छन् महिलाहरु
यस्तो बेला बढी सेक्स चाहान्छन् महिलाहरु
पूर्व राजा हेर्न पोखरामा लडाई, बलियाले मात्र देखे अरु त्यसै फर्किए (भिडियो)
पूर्व राजा हेर्न पोखरामा लडाई, बलियाले मात्र देखे अरु त्यसै फर्किए (भिडियो)
नेपालको १०० रन पूरा, क्रिजमा सागर र आरिफ
नेपालको १०० रन पूरा, क्रिजमा सागर र आरिफ
नेपाली भ्रष्टचार गर्ने र ठगठाग गर्ने जाति होइन: प्रधानमन्त्री ओली
नेपाली भ्रष्टचार गर्ने र ठगठाग गर्ने जाति होइन: प्रधानमन्त्री ओली
भोजपुरमा ट्रिपर दुर्घटना सह-चालकको मृत्यु
भोजपुरमा ट्रिपर दुर्घटना सह-चालकको मृत्यु