सुत्केरीले पाउने सेवा कटौती

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २०, २०७५
|
|
४५ पटक हेरिएको
Shares
सुत्केरीले पाउने सेवा कटौती

सारांश

  • अर्घखाँची, २० मंसिर ।
  •   जिल्ला अस्पताल सन्धिखर्कले रकम अभावको कारण देखाउँदै आमा सुरक्षा प्रसुती प्रोत्साहन रकम उपलब्ध गराउन नसकने जानकारी गराएको छ ।
  • सुत्केरीले पाउँदै आएको प्रोत्साहन भत्ता रकम अस्पतालले सूचना टासँ गरेर अबदेखि नपाउने जानकारी गराएको हो ।

अर्घखाँची, २० मंसिर ।  जिल्ला अस्पताल सन्धिखर्कले रकम अभावको कारण देखाउँदै आमा सुरक्षा प्रसुती प्रोत्साहन रकम उपलब्ध गराउन नसकने जानकारी गराएको छ । सुत्केरीले पाउँदै आएको प्रोत्साहन भत्ता रकम अस्पतालले सूचना टासँ गरेर अबदेखि नपाउने जानकारी गराएको हो । सन्धिखर्क नगरपालिकाले उपलव्ध गराएको रकमबाट असोज सम्म र जिल्ला अस्पताल विकास समितिबाट कार्तिक महिनामा सेवा प्रदान गरिएपनि रकम अभाव भएपछि सेवा बन्द गरिएको सन्धिखर्क अस्पतालका मेडिकल सुपरिडेन्ट डा।जगनाथ तिबारीले बताए

। ‘यातायात खर्च भनेर दुई हजार र गर्भ जाचँ गराए वापत दुई हजार आठ सय रुपैयाँ सुत्केरीलाई दिँदै आएका थियौं, तर अहिले पैसा नभएर दिन सकिएन । प्रदेश सरकार र निर्देशनालयमा पटक– पटक रकमको माग गरेपनि सुनुवाई नभएको तिबारीले बताए । साथै, जन्मिएको बच्चाको लागि न्यानो कपडाहरु दिने गरेका थियौं अहिले सबै सेवा बन्द गराइएको छ, अस्पतालमा कार्यरत नर्स सरस्वता बन्जाडेले बताईन । सन्धिखर्क अस्पतालमा साउन महिनामा ५९ ,भाद्र महिनामा ५८ ,असोजमा ७६ , कार्तिकमा ५९ र मंसिर बुधबारको दिनसम्म ३८ जनाले प्रसुती गराएका छन् ।
‘जिल्ला अस्पतालसहित अर्घखाँचीमा दुई वटा प्रथामिक स्वास्थ्य केन्द्र र १५ वटा बर्थिङ्ग सेन्टर रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भक्तपुरका मानन्धर समुदाय लक्षित क्षमता अभिवृद्धि तालिम सम्पन्न
भक्तपुरका मानन्धर समुदाय लक्षित क्षमता अभिवृद्धि तालिम सम्पन्न
शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द हुने
शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द हुने
राजनीतिक संक्रमण अब लम्बिँदैन् : प्रचण्ड
राजनीतिक संक्रमण अब लम्बिँदैन् : प्रचण्ड
वाईडबडी खरिदमा एक रुपैयाँपनि भ्रष्टाचार भएको छैन, नेताहरुले नबुझी टिप्पणी गरे : कंशकार
वाईडबडी खरिदमा एक रुपैयाँपनि भ्रष्टाचार भएको छैन, नेताहरुले नबुझी टिप्पणी गरे : कंशकार
सुन्दरीको खेती : प्रतियोगीकै गोजीबाट आयोजकलाई आम्दानी, प्रायोजक नै निर्णायक
सुन्दरीको खेती : प्रतियोगीकै गोजीबाट आयोजकलाई आम्दानी, प्रायोजक नै निर्णायक
मोबाइलको प्रयोग धेरै नगनुहोस्, पाइन्टको खल्तीमा पनि सकेसम्म नराख्नुस ! यस्ता छन् कारणहरु
मोबाइलको प्रयोग धेरै नगनुहोस्, पाइन्टको खल्तीमा पनि सकेसम्म नराख्नुस ! यस्ता छन् कारणहरु
एमालेले राष्ट्रियसभाका उम्मेदवारहरको नाम टुंगो लगायो (नामावलीसहित)
एमालेले राष्ट्रियसभाका उम्मेदवारहरको नाम टुंगो लगायो (नामावलीसहित)
नेकपा एसमा भाँडभैलो
नेकपा एसमा भाँडभैलो
गाइजात्रादेखि कमेडी च्याम्पियन सुरु हुने
गाइजात्रादेखि कमेडी च्याम्पियन सुरु हुने
कामदार बोकेको ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते
कामदार बोकेको ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते