रेणुलाई जित्न अपुग मत देलान् ? भरतपुर–१९ का जनताले ??

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १६, २०७४
|
|
५६ पटक हेरिएको
Shares
रेणुलाई जित्न अपुग मत देलान् ?   भरतपुर–१९ का जनताले ??

सारांश

  • १६ साउन– भरतपुर महानगरपालिकाको मेयर को बन्ने भनी गत वैशाख २९ गते भएको मतदानमा जनताले दिएको मत माओवादी अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी रेणु दाहालले च्यात्नुभयो ।
  • रेणु भरतपुरमा माओवादी–कांग्रेस गठबन्धनकी उम्मेदवार हुनुहुन्थ्यो, उहाँका वारेस मधु न्यौपाने र द्रोण सिवाकोटीले जनताले लाइन लागेर गरेको मतपत्र च्यात्नु भएको थियो ।
  • पिता प्रधानमन्त्री भएका कारण रेणुलाई उम्मेदवार बनेकै बखतदेखि राज्यशक्ति प्रयोगको अनुकुलता थिए ।

१६ साउन– भरतपुर महानगरपालिकाको मेयर को बन्ने भनी गत वैशाख २९ गते भएको मतदानमा जनताले दिएको मत माओवादी अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी रेणु दाहालले च्यात्नुभयो । रेणु भरतपुरमा माओवादी–कांग्रेस गठबन्धनकी उम्मेदवार हुनुहुन्थ्यो, उहाँका वारेस मधु न्यौपाने र द्रोण सिवाकोटीले जनताले लाइन लागेर गरेको मतपत्र च्यात्नु भएको थियो ।

पिता प्रधानमन्त्री भएका कारण रेणुलाई उम्मेदवार बनेकै बखतदेखि राज्यशक्ति प्रयोगको अनुकुलता थिए । रेणुलाई जिताउन राज्यकोषको ६ अर्व वितरणमा निर्वाचन आयोगले आँखा चिम्लेको र रेणुले पुन मतदान गराउन मतपत्र च्यत्दा त्यसैलाई सदर गर्नेगरी आयोगले गरेको पुनः निर्वाचनको निर्णय त्यसका प्रमाण थिए । सर्वाेच्च अदालतमा आयोगको निर्णय विरुद्ध परेको रिट सर्वाेच्चले खारेज गरेपछि अदालतको आदेश मान्नु सबैको वाध्यता हो तर, त्यो न्याय हो कि होइन भन्ने विषय नेपालको निर्वाचन पद्दतिको इतिहासमा कहिल्यै नबिर्सिइने घटनाका रुपमा रहने पक्का छ । मतपत्र च्यात्ने देखि निर्वाचन आयोगबाट पुन मतदानको निर्णय गराउने अनि सर्वाेच्चको अन्तिम फैसला नआउन्जेलसम्म पर्दाभित्रको पात्रका रुपमा सक्रिय ‘महान्यायाधिवक्ता’ रमण श्रेष्ठको चलखेल न्यायिक पद्दति अध्ययनमा एउटा ‘फुटनोट’ हुन सक्छ, जसले सत्ताधारीको जनताप्रतिको अविश्वासलाई उजागर गर्छ ।

अव सर्वाेच्चले फैसला गरिसकेपछि निसन्देह भरतपुर वडा नम्बर १९ मा पुन निर्वाचन हुनेछ । मतपत्र च्यात्ने माओवादी पहिले दिएको मत थोरै भएर चित्त नबुझेकोले धेरै भोट माग्न जानेछ । जीतको निकट पुगेका एमाले उम्मेदवार देवी ज्ञवाली भरतपुरको मेयर मात्रै होइन न्याय माग्न जनताबीच जानु पर्ने भएको छ । ज्ञवालीले सर्वाेच्चको आदेश आफूले मान्ने वताउनु भयो तर, त्यसले अन्याय भएको पनि प्रतिक्रिया जनाउनु भयो ।

जनताले दिएको मतले नपुगे पनि, निर्वाचनका सिद्धान्त पराजित गरेर भए पनि, जनताको मत च्यातेर भए पनि, सत्ताको दुरुपयोग गरेर भए पनि एक थान मेयर पद रेणु दाहाललाई दिलाउने र समाजमा न्यायको जग भत्काउन नहुने देवी ज्ञवालीको मान्यताबीच हुनेछ अवको चुनाव । यसअर्थमा भरतपुर १९ को चुनाव भरतपुरको मेयर पदका लागि मात्रै हुनेछैन, त्यसले समग्र न्यायप्रणालीको भोलिको दिशासमेत चयन गर्नेछ ।

भरतपुर महानगरपालिकाको मेयर छनौटका लागि १९ नम्बर वडा बाहेक अन्यत्र मतदान उहिल्यै भइसकेको छ । २० नम्बर वडाको ३३०२ मत गन्न बाँकी छ । यी दुई वडाको मत गणना बाँकी हुँदा एमाले उम्मेदवार देवी ज्ञवाली ७८३ मतले अगाडि हुनुहुन्छ । बैशाख २९ गते दिएको मत च्यातेर फेरि मत माग्न जाने रेणुको नैतिक तागत सायद कमजोर नै हुनेछ । जनताले दिएको मत च्यात्नु त्यहीँका जनताको अपमान हो । जसको अमुल्य मत रेणुले च्यात्नुभयो फेरि तिनैसँग उहाँले मत माग्ने नैतिक धरातल कति बाँकी रहला ? रेणुलाई नपुगेको ७८३ मत रेणुबाटै अपमानित जनताले भरेर पठाउलान् ?

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिधा कुरा जनता सङ्गका प्रस्तोता रबि लामिछाने पक्राउ
सिधा कुरा जनता सङ्गका प्रस्तोता रबि लामिछाने पक्राउ
डा. गोविन्द केसी १६ औं अनसनको तयारीमा
डा. गोविन्द केसी १६ औं अनसनको तयारीमा
लोकतन्त्र र गणतन्त्रको कार्यान्वयनका लागि आफ्नो उम्मेदवारी : सिटौला
सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा मृत्यु भएकाको परिवारलाई दुई लाख दिने
सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा मृत्यु भएकाको परिवारलाई दुई लाख दिने
भारतमा अभिभावकले विद्यालयका आफ्ना बच्चाको गतिविधि घरमै बसेर हेर्न पाउने
भारतमा अभिभावकले विद्यालयका आफ्ना बच्चाको गतिविधि घरमै बसेर हेर्न पाउने
माघ महिनामा बैंकको निक्षेपमा सुधार
माघ महिनामा बैंकको निक्षेपमा सुधार
नेकपा एकता किन स्कुल विभागमा गएर अड्कियो ?
नेकपा एकता किन स्कुल विभागमा गएर अड्कियो ?
खानेपानी तथा ढल निकास विभागको महानिर्देशकमा दास नियुक्त
खानेपानी तथा ढल निकास विभागको महानिर्देशकमा दास नियुक्त
लुम्बिनीका काँग्रेस सांसद केसी जेल चलान
लुम्बिनीका काँग्रेस सांसद केसी जेल चलान
नेपाल र लाइबेरियाबीच कूटनीतिक सम्बन्ध स्थापना, राष्ट्रसंघका महासचिवसम्म पुग्यो कुरा
नेपाल र लाइबेरियाबीच कूटनीतिक सम्बन्ध स्थापना, राष्ट्रसंघका महासचिवसम्म पुग्यो कुरा