सुदूरपश्चिमा पशुमा ‘लम्पी स्कीन’ रोगको समस्या

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ११, २०८०
|
|
३९ पटक हेरिएको
Shares
सुदूरपश्चिमा पशुमा ‘लम्पी स्कीन’ रोगको समस्या

सारांश

  • कञ्चनपुर ।
  • सुदूरपश्चिम प्रदेशमा ‘लम्पी स्कीन’ रोगको सङ्क्रमणबाट पशुपालक किसान प्रभावित हुन थालेका छन ।
  • रोगका कारण पशु धमाधम मर्न थालेपछि किसान समस्यामा परेका हुन ।

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा ‘लम्पी स्कीन’ रोगको सङ्क्रमणबाट पशुपालक किसान प्रभावित हुन थालेका छन ।

रोगका कारण पशु धमाधम मर्न थालेपछि किसान समस्यामा परेका हुन । पशुको शरीरभरि गिर्खा देखा पर्ने र त्यस पछि घाउ भई निको नहुने समस्या रहेको पशुपालक किसानको भनाइ रहेको छ । गाई गोरुले मुखबाट फिँज निकाल्ने, शरीर पूरै तातो हुने, नाकबाट सिँगान बग्नेलगायतका लक्षण देखा पर्ने गरेको छ । घाउमा किरा पर्ने र पशुको मृत्यु हुने गरेको छ ।

पशु चिकित्सकका अनुसार सो रोगबाट सङ्क्रमित भएका दुधालु पशुले दूध घटाउँदै लैजाने गर्दछन् । गत वर्ष लम्पी स्कीन रोग कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का व्यावसायिक रुपमा गाईपालनमा लागेका किसानको फार्ममा देखा परेको थियो ।

हाल यो रोग व्यापकरुपमा फैलिएको छ । सुदूरपश्चिमका कैलाली कञ्चनपुरदेखि पहाडी र हिमाली जिल्लामा लम्पी स्कीन रोग देखा पर्न थालेको पशुरोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डा नरेश जोशीले जानकारी दिए । उनका अनुसार हालसम्म यस रोगबाट प्रदेशका नौवटै जिल्लामा दश हजार बढी पशु सङ्क्रमित भएका छन् । एक सय बढी पशुको यसै रोगका कारण मृत्यु भइसकेको छ ।

“रोगको सङ्क्रमण फैलिन नदिनका लागि किसानले सजग हुनु पर्छ”, उनले भने, “रोग देखा परेका गाई गोरुलाई अलग्गै राखी सरसफाई गर्ने र आवश्यकताका आधारमा पशु चिकित्सक वा प्राविधिकको सल्लाहमा औषधिको प्रयोग गर्नुपर्छ ।” सरुवा रोग भएकाले अरु पशुमा सङ्क्रमण फैलिन नदिनका लागि पशुपालक किसानलाई रोगबारे जानकारी दिने र निदानका उपायबारे जानकारी दिन आवश्यक रहेको उहाँले उल्लेख गरे ।

उनका अनुसार सबैभन्दा बढी यस रोगबाट गाई, गोरु र बाच्छाबाच्छी प्रभावित भएका छन् । थोरै भैँसीमा समेत यो रोग देखा परेको छ । भारतीय घुमन्ते व्यापारीले बिक्रीका लागि ल्याउने पशुबाट यो रोग फैलिएको आशंका स्थानिय पशुपालकले गरेका छन् । “रोगको निदानका लागि गाई गोरुको ओसार पसार र बेचबिखनको कार्य रोक्नु नितान्तै जरुरी छ”, शुक्लाफाँटा नगरपालिकाका पशु शाखाका अधिकृत नारायणदत्त भट्टले भने, “गाई गोरुलाई चराउन लैजाने कार्य बन्द नहँुदासम्म सङ्क्रमण रोक्न कठिन छ ।”

रोगलाई महामारीका रुपमा फैलिन नदिनका लागि किसानलाई सर्तक गराइनुपर्ने उहाँको भनाइ रहेको छ । लम्पी स्कीन रोग विशेष गरी लामखुट्टे, टोक्ने झिङ्गा(स्टोमोक्सीस), किर्नालगायतबाट सर्ने गर्दछ । यस रोगको ठोस उपचार पद्धति नभएकाले लक्षणका आधारमा पशुको उपचार गरिन्छ ।

पक्स भाइरस समूहको लम्पी स्कीन डिजिज भाइरसबाट सर्ने रोग हो । नेपालमा पहिलो पटक यो रोग विसं २०७७ मा मोरङ जिल्लामा देखा परेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

व्यापारिक पानीजहाज सञ्चालन गर्न दुई संस्था इच्छुक
व्यापारिक पानीजहाज सञ्चालन गर्न दुई संस्था इच्छुक
लोकेन्द्र बिष्टको मनोपोलीले एनएमए निर्वाचनमा जिम्बा समूह विजय उन्मुख
लोकेन्द्र बिष्टको मनोपोलीले एनएमए निर्वाचनमा जिम्बा समूह विजय उन्मुख
पुडासैनी मृत्यु प्रकरण :‘निष्पक्ष छानबिन गर्न दिनुपर्छ’
पुडासैनी मृत्यु प्रकरण :‘निष्पक्ष छानबिन गर्न दिनुपर्छ’
जग्गा बाँझो राख्नेलाई जरिवाना तिराउने
जग्गा बाँझो राख्नेलाई जरिवाना तिराउने
आङकाजी शेर्पाको दादागिरीले बौंद्धबासी आक्रोशित
आङकाजी शेर्पाको दादागिरीले बौंद्धबासी आक्रोशित
ज्ञानको विकास र बिस्तार नेपालबाटै भएको हो : अध्यक्ष ओली
ज्ञानको विकास र बिस्तार नेपालबाटै भएको हो : अध्यक्ष ओली
दोलखा प्रशासनले सुरु गर्‍यो संवेदनशिल मतदान केन्द्रको अनुगमन
दोलखा प्रशासनले सुरु गर्‍यो संवेदनशिल मतदान केन्द्रको अनुगमन
‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा चीन पुग्यो
‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा चीन पुग्यो
नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको उत्सव बनोस् : पूर्वप्रधानमन्त्री नेपाल
नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको उत्सव बनोस् : पूर्वप्रधानमन्त्री नेपाल
यी हुन कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद वैठकका निर्णयहरु 
यी हुन कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद वैठकका निर्णयहरु