नागरिकता विवाद : सर्वोच्चले रोक्यो गृहमन्त्रीको निर्णय परिपत्र

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २६, २०७५
|
|
२४ पटक हेरिएको
Shares
नागरिकता विवाद : सर्वोच्चले रोक्यो गृहमन्त्रीको निर्णय परिपत्र

सारांश

  • काठमाडौं ।
  • सर्वोच्च अदालतले जन्मका आधारमा नागरिकता लिएकाका सन्तानलाई वंशजको नागरिकता दिनेगरी सरकारले गरेको परिपत्र तत्काल यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
  • न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले परिपत्र वैशाख ३ सम्म कार्यान्वयन नगर्न सरकारका नाममा आदेश जारी गरेको हो ।

काठमाडौं । सर्वोच्च अदालतले जन्मका आधारमा नागरिकता लिएकाका सन्तानलाई वंशजको नागरिकता दिनेगरी सरकारले गरेको परिपत्र तत्काल यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले परिपत्र वैशाख ३ सम्म कार्यान्वयन नगर्न सरकारका नाममा आदेश जारी गरेको हो ।

नागरिकता सम्बन्ध्  विधेयकमा विवाद भैरहेका बेला सर्वोच्चबाट आदेश आएको हो । संसदमा कानुन रोकिएका बेला परिपत्रले नागरिकता दिन नमिल्ने माग गर्दै सर्वोच्चमा रिट परेको थियो ।
प्रतिनिधिसभामा नागरिकता विधेयक विचाराधीन रहेकाले प्रशासनिक परिपत्रबाट नागरिकता वितरण गर्न लागिएको भन्दै उक्त निर्णय रोक्न वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले सर्वोच्चमा आइतबार रिट निवेदन दर्ता गरेका थिए ।

सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि झिकाउने आदेश गरेको हो । रिट निवेदनको प्रारम्भिक सुनुवाइ गर्दै अल्पकालीन आदेशले निरन्तरता पाएमा सरकारको निर्णय कार्यान्वयनमा पूर्ण रुपमा रोक लाग्नेछ । अल्पकालीन आदेश खारेज भएमा परिपत्र कार्यान्वयन हुनेछ । गृह मन्त्रालयले परिपत्र गर्नुको कारण सर्वोच्चमा पेश गर्नुपर्ने भएको छ ।

(www.biolighttechnologies.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?