कांग्रेस प्रतिस्पर्धी होइन: प्रधानमन्त्रीओली
सारांश
- काठमाडाै, ३ जेठ ।
- प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई पनि साथमा लिएर जाने बताएका छन् ।
- कांग्रेस प्रतिस्पर्धी नभई एक सहयोगी नै भएकोले एकसाथ अघि बढ्ने प्रधानमन्त्री ओलीको भनाई छ ।
काठमाडाै, ३ जेठ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई पनि साथमा लिएर जाने बताएका छन् । कांग्रेस प्रतिस्पर्धी नभई एक सहयोगी नै भएकोले एकसाथ अघि बढ्ने प्रधानमन्त्री ओलीको भनाई छ ।
मदन आश्रित स्मृति दिवसको अवसरमा बल्खुमा आयोजित कार्यक्रममा ओलीले घुमाउँरो शब्दमा तिखो ब्यंग्य प्रहार गर्दै पार्टी एकतासँगै ठूलो पाटी हुने भएकोले कांग्रेसको केही नलाग्ने भएकोले सहयोगी बन्नुको विकल्प नरहेको बताएका छन् ।
‘प्रतिपक्षमा रहेको कांग्रेस अब हाम्रा लागि प्रतिस्पर्धी होइन, एक सहयोगी मात्रै हो’ ओलीले भने, ‘एकसाथ अघि बढ्न चाहन्छौं ।’
प्रधानमन्त्री ओलीले टुविटरमार्फत कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका अगुवा जननेता मदन भण्डारी र कमरेड जीवराज आश्रितप्रति हार्दिक श्रद्धाञ्ली समेत अर्पण गरेका छन् ।
उनले लोकतान्त्रिक, देशभक्त तथा प्रगतिशील विचार र संघर्षद्वारा स्थापित नेपाली कम्युनिष्ट आन्दोलनलाई अझ एकतावद्ध गर्ने अभियानमा अग्रसर हुन कार्यकर्ता पंक्तिमा आग्रह समेत गरेका छन् ।
Ashok Kumar Sharma
Thik