आफैले बोकेको राइफल पड्किँदा सिपाहीको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १९, २०७५
|
|
४१ पटक हेरिएको
Shares
आफैले बोकेको राइफल पड्किँदा सिपाहीको मृत्यु

सारांश

  • काठमाडौं १९,फागुन।
  • धनकुटाको सल्लेरीस्थित बरख गणमा कार्यरत एक सिपाहीको गोली लागेर मृत्यु भएको छ ।
  • आफैंले बोकेको हतियारको गोलीबाट नेपाली सेनाका एक जवानको ज्यान गएको छ, बरख गणमा कार्यरत सैनिक जवान चेतराज जोशीको मृत्यु भएको हो ।

काठमाडौं १९,फागुन। धनकुटाको सल्लेरीस्थित बरख गणमा कार्यरत एक सिपाहीको गोली लागेर मृत्यु भएको छ ।आफैंले बोकेको हतियारको गोलीबाट नेपाली सेनाका एक जवानको ज्यान गएको छ, बरख गणमा कार्यरत सैनिक जवान चेतराज जोशीको मृत्यु भएको हो ।

डोटी घर भई हाल बरख गण धनकुटामा कार्यरत ३२ वर्षीय चेतराज जैशीको आफैले बोकेको राइफलको गोली लागेर शनिबार राति मृत्यु भएको हो । ब्यारेक भित्र राति डिउटीमा खटिएको जैशीको छाती र ढाँडमा तीन वटा गोली एकसाथ लागेको थियो ।

उनले बोकेको एम १६ राइफलको गोली लागेकोका कारण गोली आफैले हानेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुरेन्द्रबहादुर गुरुङले बताए । मृत्तकको लास पोष्टमार्टमको लागि धनकुटा अस्पतालमा राखिएको छ । मृत्तक जैशी पत्निका साथ ब्यारेक भित्रै बस्दै आएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?