यी हुन् राष्ट्रियसभामा १२ जना महिला निर्विरोध निर्वाचित (नामावलीसहित)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ११, २०७४
|
|
२४ पटक हेरिएको
Shares
यी हुन् राष्ट्रियसभामा १२ जना महिला निर्विरोध निर्वाचित (नामावलीसहित)

सारांश

  • काठमाडौं, ११ माघ ।
  • राष्ट्रियसभाको निर्वाचनका लागि बुधबार भएको मनोनयन दर्तामा १२ जना महिला निर्विरोध भएका छन् ।
  • बुधबार भएको मनोनयनमा प्रदेश १, २, ५ र ७ बाट १२ महिला निर्विरोध निर्वाचित भएका हुन् ।

काठमाडौं, ११ माघ । राष्ट्रियसभाको निर्वाचनका लागि बुधबार भएको मनोनयन दर्तामा १२ जना महिला निर्विरोध भएका छन् । बुधबार भएको मनोनयनमा प्रदेश १, २, ५ र ७ बाट १२ महिला निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचन कार्यतालिका अनुसार माघ १५ गते अन्तिम नामावली प्रकाशित गरिसकेपछि निर्वाचन अधिकृतले निर्विरोध घोषणा गर्ने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए । निर्विरोध भएकाहरुको कागजात मिलेको छ छैन भनेर सम्बन्धित प्रदेशको निर्वाचन कार्यालयले जाँच गरेपछि बल्ल निर्विरोध घोषित गरिनेछ ।

नामावली यस्ता छन्ः–
प्रदेश–१
माओवादी – विना पोखरेल
एमाले – नैनकला ओझा
कांग्रेस – सरिता प्रसाईं

प्रदेश–२
कांग्रेस – मुक्ताकुमारी यादव
माओवादी – शशीकला दाहाल
फोरम – प्रमिला कुमारी

प्रदेश–५
कांग्रेस – अनिता देवकोटा
एमाले – कोमल वली
एमाले – मीना बुढा

प्रदेश–७
कांग्रेस – तारादेवी जोशी
एमाले – कमला ओली
एमाले – इन्दु कडरिया

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?