खसी खसिनी काण्डकि अाशिका भन्छिन् ‘सिनेमा फ्लप भएपछि छोरो जन्माएँ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ६, २०७५
|
|
५१ पटक हेरिएको
Shares
खसी खसिनी काण्डकि अाशिका भन्छिन् ‘सिनेमा फ्लप भएपछि छोरो जन्माएँ

सारांश

  • काठमाडाै, ६ मंसिर ।
  •   मोडल, अभिनेत्री तथा निर्मात्री आशिका तामाङ केही समय अघि सामाजिक सञ्जालमा ‘खसी खसिनी’ भिडियो काण्डबाट विवादित भइन्।
  •  यसबाट उनी चर्चामा पनि आइन्।

काठमाडाै, ६ मंसिर ।  मोडल, अभिनेत्री तथा निर्मात्री आशिका तामाङ केही समय अघि सामाजिक सञ्जालमा ‘खसी खसिनी’ भिडियो काण्डबाट विवादित भइन्। यसबाट उनी चर्चामा पनि आइन्। जर्मनमा बस्दै आएकी अभिनेत्री आशिका केही दिन अघि नेपाल आएकी छिन्। नेपाल आएसंँगै उनलाई विभिन्न मिडिया र मिडियाकर्मीले पच्छ्याइरहेका छन्। बुधबार पत्रकारहलाई अन्तर्वाता दिन भ्याइनभ्याई अवस्थामा आशिका अनामनगरमा भेटिइन्।

जर्मनबाट ल्याएको कोशेली स्वरुप चकलेट बाढ्दै आशिकाले भनिन्, ‘यसपाली मलाई अलि धेरै पत्रकारले खोजी रहनु भएको छ। धेरै पत्रकारसँग प्रत्यक्ष भेटेर गफ गर्ने मौका पाएको छु। यति पत्रकार त मैले सिनेमा सुश्री निर्माणको क्रममा पनि भेट्न र चिन्न पाएकी थिइनँ। जे होस् यस पटकको मेरो नेपाल यात्रा रमाइलो भइरहेको छ।’

यस्तो थियो खसी खसिनी काण्ड

म बच्चा देखि नै पशुपन्छी प्रेमी हो। सानोमा बुवाले कुखुरा काट्न लाग्दा बुवाको खुट्टा समातेर नकाट्नुस भनेर रुन्थेँ। कुखुरा काट्न खोज्दा मलाई साह्रै माया लागेर आउँथ्यो। तर, मैले जुन भिडियो बनाए, त्यसमा मैले बोलेको शब्द गलत भएछ। मेरो मनको कुरा गलत थिएन। भन्न खोजेको कुरा पनि गलत थिएन। त्यो भिडियो जब बाहिर आयो तब साराले हाँसीमजाक गरे। तर, म भिडियोमा रोइ रहेँ। मेरो त्यो भिडियोमा ९० प्रतिशत भन्दा माथि नकारात्मक टिप्पणी र मलाई मजाक बनाएर उडाइयो। मैले सबै हेरिरहेँ।

कतिपयले प्याज काटेर आँशु झारेको पनि भन्नु भयो। तर मैले बाथरुममा बनाएको भिडियो थियो। मेरो वास्तविक मनको आवाज निस्केको बेला झरेको आँशु थियो। तर, लिनेहरुले हल्काफुल्का र मजाकको रुपमा लिनुभयो। यसले मलाई खासै नराम्रो त लागेको छैन। तर, पशुपन्छीको बध र बली राम्रो काम होइन। पशुपन्छीको पनि जीवन हो। गम्भिर भएर सोच्नुस् त। उसलाई पनि त दुख्छ नि। ति जनावरलाई पनि भोक लाग्छ। मेरो भनाई यही हो। मात्र शब्द चयन गलत भयो होला। त्यतिबेला रमाइलो कुरा एक जनाले भन्नु भएको थियो। ‘अशिकाले त्यत्रो मोडलिङ गरिन्, थिएटर हुँदै करोड रुपैयाँ लगाएर सिनेमा निर्माण गर्दा समेत नकमाएको नाम केवल २ मिनेट लामो भिडियोले कमाइन्।’ यसो सोच्दा हो जस्तो नि लाग्छ।

सिनेमा फ्लप भएपछि छोरो जन्माएँ

मोडलिङ, थिएटर हुँदै सिनेमा प्रवेश गरेकी आशिकाले आफ्नै लगानीमा सिनेमा सुश्री निर्माण गरिन्। जसमा नायक आर्यन सिग्देल थिए। एक करोड भन्दा माथिको लगानीमा निर्माण गरेको सिनेमा ‘सुश्री’ले आशिकालाई नराम्ररी पछार्यो। आशिका भन्छिन्, ‘डुबायो होइन, मलाई त्यसले चुर्लुम्मै डुबायो। एउटा मान्छेको १ करोड रुपैयाँ भनेको एउटा घर जानु हो। म जस्तो नयाँ मेकर्सहरु कती घरबार विहिन भइरहेका होलान्। म त्यत्रो लगानी डुबे पछि डिप्रेसनमै गएँ। डिप्रेसनबाट म पुनः सामान्य अवस्थामा फर्कन निकै मिहेनत गर्नु पर्यो। सिनेमा फ्लप भए पछि जर्मन गएँ। त्यहीँ बेला मैले छोरो नि जन्माए। (लामो हाँसो) अनि के गर्नु त ? सिनेमाबाट केही हुन सकेन।

म त्यति बेला अलि परिपक्व पनि थिइनँ। नबुझी सिनेमा बनाएँ। त्यही भएर पनि म सफल हुन सकिनँ। मैले एक पैसा पाइनँ त्यो सिनेमाबाट। म यस्तो तनावमा गएँ की समाल्नै गाह्रो। धन्न मेरो श्रीमान्ले मलाई बुझ्नु भयो र म फेरि सिनेमा बनाउछु भनेर आँट गरेर नेपाल फर्केकी छु। यस बारेमा छलफल र भेटघाट भइरहेको छ। पहिला जस्तो हतार गरेर अब गडबढमा सिनेमा बनाउदिनँ।

(प्रभात लामाले नेपाल खबरमा लेखेका छन्)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँच महिनामा प्रचण्ड-अोलीको १७ भेट: एकताका लागि कति प्रगति ?
पाँच महिनामा प्रचण्ड-अोलीको १७ भेट: एकताका लागि कति प्रगति ?
बार्‍ह वर्षपछि बालबालिकामा आउने हार्मोनको फेरबदल..
बार्‍ह वर्षपछि बालबालिकामा आउने हार्मोनको फेरबदल..
नेपाल-भारत विद्युत् व्यापारमा फड्को: तीन प्रसारण लाइन एकैपटक सञ्चालन
नेपाल-भारत विद्युत् व्यापारमा फड्को: तीन प्रसारण लाइन एकैपटक सञ्चालन
दश वर्षीया बालिकाको सात किलोको ट्युमर झिकियो
दश वर्षीया बालिकाको सात किलोको ट्युमर झिकियो
निर्वाचन आयोग, सरकार र व्यवस्थापिका संसद्लगायत निकायलाई छलफलमा झिकाइयो
निर्वाचन आयोग, सरकार र व्यवस्थापिका संसद्लगायत निकायलाई छलफलमा झिकाइयो
कोरोनाबाट विश्वभरीमा ८ हजार ९७० को मृत्यु
कोरोनाबाट विश्वभरीमा ८ हजार ९७० को मृत्यु
५५ वर्ष लागिन् धक–धक गर्ल माधुरी, यस्तो छ उनको प्रेम र अभिनय जीवन
५५ वर्ष लागिन् धक–धक गर्ल माधुरी, यस्तो छ उनको प्रेम र अभिनय जीवन
संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमबारे वामदेवले भने-‘मेरो न समर्थन छ, न विरोध’
संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमबारे वामदेवले भने-‘मेरो न समर्थन छ, न विरोध’
प्रधानसेनापति थापा र चिनियाँ समकक्षीबीच भेटवार्ता, १५ करोड युआन प्रोटोकल सम्झौतामा हस्ताक्षर
प्रधानसेनापति थापा र चिनियाँ समकक्षीबीच भेटवार्ता, १५ करोड युआन प्रोटोकल सम्झौतामा हस्ताक्षर
सुनकाण्डमा यसरी फसे डिएसपी राउत
सुनकाण्डमा यसरी फसे डिएसपी राउत