सुन तस्करी प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३१, २०८०
|
|
२४ पटक हेरिएको
Shares
सुन तस्करी प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ

सारांश

  • काठमाडौँ ।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेको सुन तस्करी प्रकरणको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आज थप चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
  • पक्राउपर्ने चिनियाँ नागरिकमा डीङ सेग्फा, वेन तोङ, ली–नेङकाई र टीयान मी रहेका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले राससलाई जानकारी दिए ।

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेको सुन तस्करी प्रकरणको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आज थप चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउपर्ने चिनियाँ नागरिकमा डीङ सेग्फा, वेन तोङ, ली–नेङकाई र टीयान मी रहेका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले राससलाई जानकारी दिए । उनका अनुसार पक्राउ परेका चिनियाँ नागरिकलाई अवैध सुन ओसारपसार तथा सङ्गठित अपराधअन्तर्गत मुद्दा चलाइने छ ।

उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले जनाएको छ । सुन तस्करी प्रकरणमा पक्राउपर्नेको सङख्या २१ पुगेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कडायतले बताए ।

राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सुन सहितको एक सय ५५ किलो ब्रेक शु बरामद गरेको थियो । तर यही मङ्गलबार गालेर जोख्दा ६० किलो मात्र सुन भएको पुष्टि भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?