करोडौँ मूल्यको शिलाजित अलपत्र

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १९, २०७४
|
|
५३ पटक हेरिएको
Shares
करोडौँ मूल्यको शिलाजित अलपत्र

सारांश

  • बेनी (म्याग्दी), १९ भदौ प्राविधिक ज्ञान र उपकरणको अभावका साथै सम्बन्धित पक्षको बेवास्ताका कारण म्याग्दीका भिरपहरामा पाइने आयुर्वेदिक औषधिका रूपमा प्रयोग गर्न सकिने बहुमूल्य शिलाजित उत्खनन हुन सकेको छैन ।
  • शिलाजित उत्खनन गरी उपभोग गर्नेतर्फ सम्बन्धित पक्षको ध्यान नपुगेपछि वर्षेनी करोडाँैको नोक्सानी भइरहेको छ ।
  • म्याग्दीका बाबियाचौर, ज्यामरुककोट, भकिम्ली, कुइनेमंगले, मुदी, मुना, ताकम, मराङ, बिमलगायतका पहरामा शिलाजित पाइन्छ ।

बेनी (म्याग्दी), १९ भदौ प्राविधिक ज्ञान र उपकरणको अभावका साथै सम्बन्धित पक्षको बेवास्ताका कारण म्याग्दीका भिरपहरामा पाइने आयुर्वेदिक औषधिका रूपमा प्रयोग गर्न सकिने बहुमूल्य शिलाजित उत्खनन हुन सकेको छैन ।

शिलाजित उत्खनन गरी उपभोग गर्नेतर्फ सम्बन्धित पक्षको ध्यान नपुगेपछि वर्षेनी करोडाँैको नोक्सानी भइरहेको छ ।

म्याग्दीका बाबियाचौर, ज्यामरुककोट, भकिम्ली, कुइनेमंगले, मुदी, मुना, ताकम, मराङ, बिमलगायतका पहरामा शिलाजित पाइन्छ । शिलाजित उत्खनन गर्नेतर्फ सम्बन्धित पक्षले चासो नदेखाउँदा स्थानीयवासी निराश भएको ज्यामरुककोटका शिवराम शर्मा बताउनुहुन्छ ।

नुनिलो र टर्रो स्वाद हुने शिलाजित भिरपहरामा मात्र पाइन्छ । शिलाजित कालो र सेतो गरी दुई किसिमको हुन्छ । पहराबाट निस्किएको एकप्रकारको रसायन जमेर शिलाजित बत्रे गरेको बताइन्छ । कालो शिलाजितको रस नियमित सेवन गर्नाले धातु, गानोगोला, ग्यास्ट्रिक, नसासम्बन्धी रोग निको हुने जनविश्वास छ ।

शिलाजितको नियमित प्रयोग गर्नाले स्वास्थ्यका लागि निकै फाइदा पुग्ने जिल्ला आयुर्वेदिक चिकित्सकले बताएका छन् । शिलाजित उत्खनन हुनसक्ने हो भने म्याग्दीमा वार्षिक रु १० करोडसम्मको शिलाजित विक्री हुन सक्ने प्रवल सम्भावना रहेको भएता पनि प्राविधिक ज्ञान र उपकरणको अभावमा यो खेर गइरहेको उद्योगी व्यापारीहरुको भनाइ रहेको छ ।

बजारमा माग भए पनि उत्खनन गर्ने आधुनिक सीप र प्रविधिको अभावमा शिलाजित खेर गइरहेको जिल्ला विकास समिति म्याग्दीले जनाएको छ । बजारमा प्रति १० ग्राम शिलाजित रु २५ देखि रु ३० सम्ममा बिक्री हुन्छ ।

तर जडीबुटीको असन्तुलित व्यापारका कारण लगानीकर्ता यसतर्फ आकर्षित हुन नसकेको जिल्ला वन कार्यालयले जनाएको छ । वन कार्यालयका अनुसार जिल्लाबाट न्यून मात्रामा मात्र शिलाजित निर्यात हुनेगरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश नं.१ : जात-जातीका कारण प्रदेशकाे नाममा विवाद
प्रदेश नं.१ : जात-जातीका कारण प्रदेशकाे नाममा विवाद
नेपालको निर्यात व्यापार बढाउन सक्दो पहल गर्ने राजदुत आचार्यको प्रतिवद्धता
नेपालको निर्यात व्यापार बढाउन सक्दो पहल गर्ने राजदुत आचार्यको प्रतिवद्धता
भिजिट भिसा प्रकरण : अध्यागमन अधिकृतसहित ४ जनालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश
भिजिट भिसा प्रकरण : अध्यागमन अधिकृतसहित ४ जनालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश
प्राप्त उपलब्धि रक्षामा प्रेसको भूमिका महत्वपूर्ण : उपमहासचिव गुरुङ
प्राप्त उपलब्धि रक्षामा प्रेसको भूमिका महत्वपूर्ण : उपमहासचिव गुरुङ
कर्मचारीको भरमा चलिरहेको गृह मन्त्रालय , गृहमन्त्रीसँग समय छैन !
कर्मचारीको भरमा चलिरहेको गृह मन्त्रालय , गृहमन्त्रीसँग समय छैन !
जीप दुर्घटनामा चालकको मृत्यु
‘विद्युतीय व्यापार विधेयक, २०८० ले व्यापारीको प्रवर्द्धन गर्छ’
‘विद्युतीय व्यापार विधेयक, २०८० ले व्यापारीको प्रवर्द्धन गर्छ’
सुषमाको प्रेम कहानी यसरी सुरु भएको थियो
सुषमाको प्रेम कहानी यसरी सुरु भएको थियो
प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने समीक्षा को हुन्
प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने समीक्षा को हुन्
भक्तपुर अपडेट: यस्तो छ अहिलेसम्मको मतपरिणाम
भक्तपुर अपडेट: यस्तो छ अहिलेसम्मको मतपरिणाम