प्रदेश सभामुखमा कांग्रेसले दाबी नगर्ने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २६, २०७४
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २६ माघ – कांग्रेसले सातवटै प्रदेशमा प्रदेश सभा सभामुखमा कुनै दलसँग तालमेल नभए उम्मेदवारी नदिने भएको छ ।
  • कुनै पनि प्रदेशमा बहुमत नभएको र सभामुखलाई कुनै दलको प्रतिनिधिका रूपमा नभई साझा बनाउने प्रचलन रहेकाले पनि जित्ने पर्याप्त आधार नहुँदासम्म उम्मेदवार नबनाउने निष्कर्षमा कांग्रेस पुगेको हो, नयाँ पत्रिका दैनिकमा खबर छ।
  • कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कुनै पनि प्रदेशमा सभामुखमा निर्वाचित हुनका लागि आवश्यक पर्ने बहुमत सिट नजितेकाकाले उम्मेदवारका लागि उम्मेदवार नवनाउने तयारीमा पार्टी रहेको बताए ।

काठमाडौं, २६ माघ – कांग्रेसले सातवटै प्रदेशमा प्रदेश सभा सभामुखमा कुनै दलसँग तालमेल नभए उम्मेदवारी नदिने भएको छ । कुनै पनि प्रदेशमा बहुमत नभएको र सभामुखलाई कुनै दलको प्रतिनिधिका रूपमा नभई साझा बनाउने प्रचलन रहेकाले पनि जित्ने पर्याप्त आधार नहुँदासम्म उम्मेदवार नबनाउने निष्कर्षमा कांग्रेस पुगेको हो, नयाँ पत्रिका दैनिकमा खबर छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कुनै पनि प्रदेशमा सभामुखमा निर्वाचित हुनका लागि आवश्यक पर्ने बहुमत सिट नजितेकाकाले उम्मेदवारका लागि उम्मेदवार नवनाउने तयारीमा पार्टी रहेको बताए । ‘प्रदेश सभा निर्वाचनमा कुनै पनि प्रदेशमा हाम्रो पार्टीले बहुमत सदस्य जितेको छैन, कतै पनि कुनै दलसँग तालमेल हुने सम्भावना देखिएन,’ शर्माले नयाँ पत्रिकासँग भने, ‘तसर्थ, उम्मेदवारका लागि उम्मेदवार नबनाउने भन्ने हाम्रो निष्कर्ष हो । यद्यपि, पार्टीको प्रदेश संसदीय दलले जित्ने सम्भावना देख्यो र कुनै दलसँग तालमेलको सम्भावना भयो भने उम्मेदवार उठाउन सक्छ ।’

सातवटै प्रदेश सभाले सभामुख चयन गर्न मिति तय गरिसकेका छन् । प्रदेश १, ६ र ७ मा २९ माघ, प्रदेश २ मा २ फागुन, प्रदेश ३ मा २७ माघ, प्रदेश ४ मा ३ फागुन र प्रदेश ५ मा २ फागुनमा सभामुख चयनका लागि मिति तोकिएको छ ।

प्रदेशमा दल गठन गर्ने विधानको मस्यौदा सभापतिलाई
सातै प्रदेशमा पार्टीको संसदीय दल गठनका लागि आवश्यक पर्ने विधानको मस्यौदा तयार भएको छ । मस्यौदा तयार गर्न पार्टी केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले बिहीबार अपराह्न सभापति शेरबहादुर देउवालाई विधानको मस्यौदा बुझाएको हो । मस्यौदा केन्द्रीय समिति बैठकले अनुमोदन गरेपछि मात्रै कार्यान्वयनमा आउनेछ ।

विधानलाई अनुमोदन गर्न देउवाले शुक्रबार बिहान आकस्मिक केन्द्रीय समिति बैठक बोलाएका छन् । बिहान नौ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने बैठकको एजेन्डा प्रदेश संसदीय दल गठनसम्बन्धी विधानको मस्यौदामा छलफल गर्ने रहेको छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Sabin Shrestha

    Murda bad

    Comment Author

    Shyam Sunder Shrestha

    हा हा हा हा हा हा हा हा हा हा हा हा हा

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?