एयरपोर्ट सुनकाण्डमा समातिएका एसएसपी खत्री २ लाख धरौटीमा छुटे
सारांश
- त्रिभुवन विमानस्थलबाट भएको ३३ किलो सुन तस्करी काण्डमा पक्राउ परेका नेपाल प्रहरीका निलम्बित एसएसपी श्याम खत्री धरौटीमा छुटेका छन् ।
- न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले खत्रीसहित ५ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो ।
- अदाततले एसएसपी खत्रीसँग जम्मा २ लाख रुपैयाँ धरौटी मागेको थियो ।
त्रिभुवन विमानस्थलबाट भएको ३३ किलो सुन तस्करी काण्डमा पक्राउ परेका नेपाल प्रहरीका निलम्बित एसएसपी श्याम खत्री धरौटीमा छुटेका छन् ।

न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले खत्रीसहित ५ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो । अदाततले एसएसपी खत्रीसँग जम्मा २ लाख रुपैयाँ धरौटी मागेको थियो ।
उनी रकम बुझाएर शुक्रबार नै छुटेका छन् । सुनकाण्डमा मुछिएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विमानस्थल सुरक्षा प्रमुख एसएसपी खत्रीलाई माघ २३ गते पक्राउ गरेको थियो । त्यसअघि उनी हेडक्वाटर तानिएका थिए ।
खत्री विमानस्थलको सुरक्षा प्रमुख रहेकै बेला दुबईबाट आएको सुन विमानस्थलबाट बाहिरिएको थियो, जसलाई सीआईबीको टोलीले पक्राउ गरेको थियो ।
अनुसन्धानका क्रमा सुन तस्करहरुसँग एसएसपी खत्रीको सम्वन्ध देखिएको सीआईबीको दाबी थियो ।
तर, उनी धरौटीमा छुटेका छन् । यस्तै सपन श्रेष्ठ, सुनिल श्रेष्ठ, राजेश शाक्य र मनोज श्रेष्ठ पनि एक-एक लाख धरौटी बुझाएर छुटेको अदालतले जनाएको छ ।
७ जनालाई भने पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । सीआईबीले सुन तस्करी काण्डमा ३३ जनाविरुद्ध मुद्धा चलाएको छ, जसमध्ये २१ जना अझै फरार छन् ।
प्रतिक्रिया