प्रत्यक्षतर्फको मतपत्र छुट्टाछुट्टै छाप्ने आयोगको निर्णय
सारांश
- काठमाडौं, कात्तिक १२ – निर्वाचन आयोगले मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि प्रत्यक्षतर्फको मतपत्र दुईवटा छाप्ने निर्णय गरेको छ ।
- आयोगले एउटै पानामा माथिल्लो भागमा प्रतिनिधिसभा र तल्लोभागमा प्रदेशसभाको मतपत्र छाप्ने निर्णय गरेको हो ।
- निर्वाचन आयोग उच्च स्रोतले उज्यालो अनलाइनसँग भन्यो, ‘छुट्टछुट्टै पानामा मतपत्र छाप्ने निर्णय आयोगले गरेको छ ।
काठमाडौं, कात्तिक १२ – निर्वाचन आयोगले मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि प्रत्यक्षतर्फको मतपत्र दुईवटा छाप्ने निर्णय गरेको छ ।आयोगले एउटै पानामा माथिल्लो भागमा प्रतिनिधिसभा र तल्लोभागमा प्रदेशसभाको मतपत्र छाप्ने निर्णय गरेको हो ।
निर्वाचन आयोग उच्च स्रोतले उज्यालो अनलाइनसँग भन्यो, ‘छुट्टछुट्टै पानामा मतपत्र छाप्ने निर्णय आयोगले गरेको छ । चुनाव तोकिएकै मितिमा हुन्छ ।’ सर्वोच्च अदालतले कात्तिक १ गते प्रत्यक्षतर्फको मतपत्र छुट्टाछुट्टै छाप्ने विषयमा ‘गम्भीरता पूर्वक विचार गर्ने नै छ’ भने पनि बुधबार छुट्टै मतपत्र छाप्न बाध्य पार्ने गरी प्रगति विवरण मागे पनि आयोग छुट्टाछुट्टै पानामा मतपत्र छाप्ने निर्णयमा पुगेको हो ।
सर्वोच्चको आदेशपछि केही दिनदेखि आयोगले यो विषयमा औपचारिक अनऔपचारिक छलफल गर्दैै आएको थियो । सर्वोच्चको औपचारिकपत्र भने शनिबार मात्र आयोग पुगेको थियो । आइतबार महान्यायाधिवक्ता कार्यालयसँग थप परामर्श गरेपछि आयोग छुट्टाछुट्टै मतपत्र छाप्ने निर्णयमा पुगेको हो ।
आयोगले चुनावको मिति भने हेरफेर नगर्ने भएको छ । पहिलो चरण मंसिर १० र दोस्रो चरणमा मंसिर २१ गते नै चुनाव गराउन आयोग प्रतिबद्ध रहेको स्रोतको भनाई छ । प्रत्यक्षतर्फ दुईवटा मतपत्र छाप्दा थप गर्नुपर्ने तयारी पनि आयोगले आइतबारबाटै थालेको छ ।
यसअघि आयोगले पूर्व निर्धारित कार्यतालिका अनुसार एउटै पानामा प्रत्यक्षतर्फको नमूना मतपत्र भने छापेको थियो । आयोगले समानुपातिकतर्फको मतपत्र एउटै पानामा छाप्न थालेका कारण त्यसबारेमा कुनै आदेश दिन नपर्ने सर्वोच्चले यसअघि नै भनेको थियो ।
प्रतिक्रिया