विप्लवकाे राप्ती बन्दले रोल्पाको जनजीवन प्रभावित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २३, २०७५
|
|
२१ पटक हेरिएको
Shares
विप्लवकाे राप्ती बन्दले रोल्पाको जनजीवन प्रभावित

सारांश

  • रोल्पा।
  • प्रहरी प्रशासनले आफ्ना नेता/कार्यकर्ता गिरफ्तार गरेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी राप्ती ब्यूरोले गरेको बन्दका कारण रोल्पाको जनजीवन प्रभावित भएको छ।
  •   बन्दका कारण लामो तथा छोटो दूरीका सवारीसाधन, बजार, कलकारखाना र विद्यालय कलेज पूर्णरूपमा बन्द रहेका छन्।
रोल्पा। प्रहरी प्रशासनले आफ्ना नेता/कार्यकर्ता गिरफ्तार गरेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी राप्ती ब्यूरोले गरेको बन्दका कारण रोल्पाको जनजीवन प्रभावित भएको छ। 
बन्दका कारण लामो तथा छोटो दूरीका सवारीसाधन, बजार, कलकारखाना र विद्यालय कलेज पूर्णरूपमा बन्द रहेका छन्। बिहानी कक्षाका लागि उच्चमावि र कलेज गएका विद्यार्थी फर्किएका छन्। सदरमुकाममा रहेका तरकारी पसल, होटल र औषधि पसल भने खुला रहेका छन् । 
प्रहरीले दाङ जिल्ला सचिवालय सदस्य प्रदीप वली, ईश्वरी पाण्डे र जिल्ला सदस्य रुद्र वलीलाई तुल्सीपुरबाट शहीद सम्मान कार्यक्रमस्थलबाट गिरफ्तार गरेको सो पार्टीले जनाएको छ। यसैगरी रोल्पा जिल्लाबाट समेत दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य टीकाराम परियार, पूर्वअध्यक्ष लालबहादुर सुनार र अर्का कार्यकर्ता नृपेन्द्र सेनलाई पक्राउ गरेको जनाएको छ। 
राप्ती ब्यूरो इन्चार्ज केशबहादुर बाँठा सुवासद्वारा जारी प्रेस विज्ञप्तिमा राप्तीका दाङ, सल्यान, रुकुम, प्यूठान र रोल्पा जिल्ला बन्द हुने व्यहोरा उल्लेख गरिएको छ। रासस 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धार्मिक प्रतिष्ठानको विकासमा सरकार प्रतिबद्ध छः मुख्यमन्त्री गरुङ
धार्मिक प्रतिष्ठानको विकासमा सरकार प्रतिबद्ध छः मुख्यमन्त्री गरुङ
अक्षय कुमार, आलिया भट्ट र दीपिका पादुकोणले किन भाेट हालेनन्?
अक्षय कुमार, आलिया भट्ट र दीपिका पादुकोणले किन भाेट हालेनन्?
कलैया उपमहानगमा माओवादी केन्द्रले खाता खाेल्याे
कलैया उपमहानगमा माओवादी केन्द्रले खाता खाेल्याे
धादिङमा बस दुर्घटना, दुईको मृत्यु
धादिङमा बस दुर्घटना, दुईको मृत्यु
मतदातालाई   स्वतन्त्ररुपमा छोडिदिनुस –  प्रमुख निर्वाचन आयुक्त
मतदातालाई स्वतन्त्ररुपमा छोडिदिनुस – प्रमुख निर्वाचन आयुक्त
माओवादीमा हलचल, गजुरेलले दिए राजीनामा
माओवादीमा हलचल, गजुरेलले दिए राजीनामा
प्रचण्डको शिक्षा छोड्नै नसकेका पूर्वजनमुक्ति सेनाको मार्मिक पत्र प्रचण्डलाई नै
प्रचण्डको शिक्षा छोड्नै नसकेका पूर्वजनमुक्ति सेनाको मार्मिक पत्र प्रचण्डलाई नै
फोटो खिचाउनलाई मात्र धान रोप्न हुदैन: उपप्रधान तथा रक्षा मन्त्री पोखरेल ( भिडियाे तथा फाेटाेफिचर)
फोटो खिचाउनलाई मात्र धान रोप्न हुदैन: उपप्रधान तथा रक्षा मन्त्री पोखरेल ( भिडियाे तथा फाेटाेफिचर)
प्रधानमन्त्री ओलीको भ्रमणबारे सरकारको यस्तो दाबी ( वक्तव्यको पूर्णपाठसहित)
प्रधानमन्त्री ओलीको भ्रमणबारे सरकारको यस्तो दाबी ( वक्तव्यको पूर्णपाठसहित)
हिमालयन शेर्पा साँस्कृतिक केन्द्रको बेल्जियम शाखा विस्तार
हिमालयन शेर्पा साँस्कृतिक केन्द्रको बेल्जियम शाखा विस्तार

तपाईंले छुटाउनुभयो कि?