चुनावी गठबन्धन र तालमेल गर्ने राप्रपाको निर्णय, को सँग मिल्ला

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ३१, २०७९
|
|
५४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेको भोलिपल्टै पार्टी केन्द्रीय कमिटीबाट गठबन्धन गरेर जाने निर्णय गराएका छन्।
  • राप्रपाले गठबन्धन, तालमेल या सहकार्य गर्ने निर्णय लिएको हो।

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेको भोलिपल्टै पार्टी केन्द्रीय कमिटीबाट गठबन्धन गरेर जाने निर्णय गराएका छन्। राप्रपाले गठबन्धन, तालमेल या सहकार्य गर्ने निर्णय लिएको हो।

आज राप्रपाले चुनावमा विभिन्न दलसँग गठबन्धन तालमेल र सकार्यका लागि पहलकदमीका लागि अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिम्मेवारी समेत प्रदान गरेको छ। राप्रपाले चुनावमा सम्पूर्ण शक्ति लगाउने निर्णय समेत लिएको छ।

राप्रपाले पछिल्लो समय एमालेसँग चुनावी तालमेल गर्नेगरी गतिविधि गरिरहेको छ । अध्यक्ष लिङ्देनले ओलीसँग तालमेल वाध्यता र आवश्यकता दुवै हुनसक्ने प्रतिक्रिया दिइसकेका छन्। यसबाट राप्रपाको तालमेल एमालेसँग हुने सम्भावना बढेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?