सुरक्षा व्यवस्था सबल बनाउन उच्च प्राथमिकता : गृहमन्त्री थापा

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १२, २०७६
|
|
२३ पटक हेरिएको
Shares
सुरक्षा व्यवस्था सबल बनाउन उच्च प्राथमिकता  : गृहमन्त्री थापा

सारांश

  • चितवन।
  • गृहमन्त्री रामबहादुर थापाले निर्यातमुखी अर्थतन्त्र सबल हुनुपर्ने बताएका छन्।
  • व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र काठमाडौँद्वारा रत्ननगरमा आयोजित ‘व्यापार, विश्लेषण तथा निकासी प्रवद्र्धन’सम्बन्धी तालीमको आज शुभारम्भ गर्दै उनले औद्योगिक, व्यापार र अर्थनीतिको विश्लेषण गरेर सुधार गर्नुपर्नेमा जोड दिए।

चितवन। गृहमन्त्री रामबहादुर थापाले निर्यातमुखी अर्थतन्त्र सबल हुनुपर्ने बताएका छन्। व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र काठमाडौँद्वारा रत्ननगरमा आयोजित ‘व्यापार, विश्लेषण तथा निकासी प्रवद्र्धन’सम्बन्धी तालीमको आज शुभारम्भ गर्दै उनले औद्योगिक, व्यापार र अर्थनीतिको विश्लेषण गरेर सुधार गर्नुपर्नेमा जोड दिए।
गृह मन्त्री थापाले उत्पादन बढाइ निर्यातमा बृद्धि गर्न आग्रह  गर्दै आन्तरिक सुरक्षा व्यवस्था सबल बनाउन सरकारले उच्च प्राथमिकता दिएको जानकारी दिए।  उनले भने, “सुरक्षाकर्मीको मनोवल उच्च बनाउन गृह मन्त्रालयले काम गरिरहेको छ।   प्रहरी चौकी निर्माण र पुनः निर्माणको काम भइरहेको छ। ”
गृहमन्त्री थापाले राजमार्गमा राखिएकासडक बोर्डको दस्तुर सङ्कलन केन्द्रले समस्या बनाएको हुँदा ती केन्द्रलाई जिल्लाको सीमा क्षेत्रमा रहेको शून्य बिन्दुमा सार्ने प्रक्रिया अघि बढाइएको बताए। उनले भन्नुभयो “तपाईहरुलाई समस्या बनाएको गोन्द्राङको ढाँट सर्छ ।” सुखी नेपाली समृद्ध नेपाल वनाउन सरकारले विकासको गतिलाई तीव्र बनाएको उनले बताए।
पाँचदिने सो तालीमको उद्योग वाणिज्य सङ्घ रत्ननगरले सहजीकरण गरेको हो। सङ्घका अध्यक्ष राजाराम रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा प्रदेशसभा सदस्य कृष्णप्रसाद खनाल, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणालगायतले तालिमको महत्वमाथि चर्चा गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?