म चित्र बहादुर : एसै मक्कियेको बूढो हाड…

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर १८, २०७३
|
|
२४५ पटक हेरिएको
Shares
म चित्र बहादुर : एसै मक्कियेको बूढो हाड…

सारांश

  • म चित्र बहादुर एसै मक्कियेको बूढो हाड अस्ति दौडिदो बस बाट खसेर ठाउँ ठाउँमा चर्किएको छ ।
  • अडिन नसकेर अडेसमा ज्यान अडायेको बेला एकाबिहानै बुटवल पढ्दै छु अखबार का पन्नाहरुमा ।
  • बूढो चस्मा ले अक्षर खुट्टाउदै जादा मैले नक्सा बिग्रेको देश देख्दैछु अनि अस्तित्व सुन्यताको भासमा मेलिदो समय देखिदै छ तस्बिरहरुमा ।

म चित्र बहादुर
एसै मक्कियेको बूढो हाड
अस्ति दौडिदो बस बाट खसेर
ठाउँ ठाउँमा चर्किएको छ ।
अडिन नसकेर अडेसमा ज्यान अडायेको बेला
एकाबिहानै
बुटवल पढ्दै छु अखबार का पन्नाहरुमा ।
बूढो चस्मा ले अक्षर खुट्टाउदै जादा
मैले नक्सा बिग्रेको देश देख्दैछु
अनि अस्तित्व सुन्यताको भासमा मेलिदो समय देखिदै छ
तस्बिरहरुमा ।
मैले उहिल्यै भनेथे
नफोरौ मन्दिर जस्तै घर
छिमेक ले हेप्नेछ,घर फोरेर मझेरी मा गारो चिन्दा ।
मैले बार बार दोहोरायेको हु
जब घरमा छिमेक पस्छ
जस्केलोबाट धन्सार छिरेर
धुरिमा आगो झोस्नेछ उसले
अनि शोक समयमा
खरानी तापेर आफ्नै जुठो बार्नु पर्ने समय आउन सक्छ ।
बुझेनन् शकुनि पास मा फसेका
धृतरास्टहरु ।
जब जग खल्किनेछ
भित्ताको प्लास्टरले काम गर्ने छैन
जब धुरी बलो निकालिनेछ
सरा बलाले छानो अडिने छैन
कस्तो दुर्दिन देखिदैछ आँखा मा
आफ्नै घरमा दलिन ले किचियेर
मर्दैछु म , आगन मा भाइ भाइको महाभारत हेर्दै ।

साभार : मोहराज शर्मा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?