सुन बरामद प्रकरण : एजेन्टसहित छ जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ४, २०८०
|
|
३८ पटक हेरिएको
Shares
सुन बरामद प्रकरण : एजेन्टसहित छ जना पक्राउ

सारांश

  • काठमाडौँ ।
  • राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म छ जनालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् ।

काठमाडौँ । राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् ।

विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ । पक्राउ परेकाको पहिचान खुलाइएको छैन । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो ।

विभागले विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुन बरामद गरी तत्काल दुई जना पक्राउ गरेको थियो । त्यसपछि आज बिहानसम्म थप चार जना पक्राउ गरिएको ढुङ्गानाले बताए । सुन हङकङबाट ल्याइएको खुलेको उनले बतए । नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो । “तथ्य खुल्न बाँकी छ । फरार व्यक्तिको खोजी भइरहेको छ”, उनले भने ।

(basicbluesnation.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दिल्ली विधानसभा चुनाव : मतगणनाको तयारी पूरा
दिल्ली विधानसभा चुनाव : मतगणनाको तयारी पूरा
राजधानी नबनाउने संकेत पाएपछि दाङवासीहरु कडा आन्दोलनमा
राजधानी नबनाउने संकेत पाएपछि दाङवासीहरु कडा आन्दोलनमा
‘सामुदायिक क्याम्पस गाभिने’
‘सामुदायिक क्याम्पस गाभिने’
आफ्नै १३ वर्षीया नातिनी बलात्कार गरेको अभियोगमा हजुरबुवा पक्राउ
आफ्नै १३ वर्षीया नातिनी बलात्कार गरेको अभियोगमा हजुरबुवा पक्राउ
शशांक कोइराला प्रदेश ४ मा कांग्रेसका एक्ला विजयी
शशांक कोइराला प्रदेश ४ मा कांग्रेसका एक्ला विजयी
सुदूरपश्चिममा देउवाको सिन्डिकेट, यि सासंदले दिए देउवालाइ चेतावनि !
सुदूरपश्चिममा देउवाको सिन्डिकेट, यि सासंदले दिए देउवालाइ चेतावनि !
संसदीय सुनुवाइबाट प्रधानन्यायाधीशकाे टुङ्गाे लागेन !
संसदीय सुनुवाइबाट प्रधानन्यायाधीशकाे टुङ्गाे लागेन !
प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट अर्को सातादेखि पठाइने
प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट अर्को सातादेखि पठाइने
समय बुझ्न नसक्दा पराजय:चन्द्र भण्डारी कांग्रेस केन्द्रीय सदस्य
समय बुझ्न नसक्दा पराजय:चन्द्र भण्डारी कांग्रेस केन्द्रीय सदस्य
जन्मिएको छोरा तर जुनी नफेरी कसरी भइन् लोभलाग्दी सुन्दरी ? अझै के के चाहना ? (फोटोसहित)
जन्मिएको छोरा तर जुनी नफेरी कसरी भइन् लोभलाग्दी सुन्दरी ? अझै के के चाहना ? (फोटोसहित)