‘सेटिङ’ मा विमानस्थल अध्यागमनका ३२ कर्मचारी सरुवा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ८, २०७४
|
|
२६ पटक हेरिएको
Shares
‘सेटिङ’ मा विमानस्थल अध्यागमनका ३२ कर्मचारी सरुवा

सारांश

  • गृहमन्त्री रामबहादुर थापा सोमबार दलबलसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कक्षको आकस्मिक निरीक्षणमा पुगे।
  • त्यसक्रममा थापाले अध्यागमनका कर्मचारीका विषयमा हुने गरेका नकारात्मक टिप्पणी अन्त्य हुने गरी काम गर्न निर्देशन पनि दिए।
  • यो खबर आजको कान्तिपुर दैनिकमा छ।

गृहमन्त्री रामबहादुर थापा सोमबार दलबलसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कक्षको आकस्मिक निरीक्षणमा पुगे। त्यसक्रममा थापाले अध्यागमनका कर्मचारीका विषयमा हुने गरेका नकारात्मक टिप्पणी अन्त्य हुने गरी काम गर्न निर्देशन पनि दिए। यो खबर आजको कान्तिपुर दैनिकमा छ।

तर केही दिनअघि मात्रै गृहसँग सामान्य मौखिक सहमति पनि नलिई सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेका ३२ अध्यागमन अधिकृतबारे केही बोलेनन्।

एक सय २९ अधिकृत दरबन्दी रहेको विमानस्थल अध्यागमनमा १ सय ४ अधिकृत कार्यरत छन्। चैत २ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पदभार ग्रहण गर्ने अघिल्लो दिन हठात गरिएको अधिकृतहरूको सरुवापछि अब अध्यागमन ७२ अधिकृतको भरमा चल्नुपर्ने भएको छ। स्रोतका अनुसार गृहसँग सामान्य सहमति लिने परम्परालाई लत्याउँदै मन्त्रीले पदभार गर्ने अघिल्लो दिन हतार–हतारमा गरिएको सरुवाले केही प्रश्नहरू उब्जाइदिएको छ।

स्रोतका अनुसार अध्यागमनका केही अधिकृतहरूले मानव तस्करसँग मिलेर ‘सेटिङ’मा मान्छे पठाउने गरेको भन्दै अध्यागमन विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेका बेला एक्कासि ठूलो संख्यामा अधिकृतको सरुवा भएको हो। अख्तियारका एक उच्च अधिकारीले विमानस्थलभित्रका केही अध्यागमन अधिकारी, प्रहरी र अन्य कर्मचारीको गतिविधि शंकास्पद देखिएको र ‘सेटिङ’मा अवैध धन्दा भइरहेको भन्दै प्रारम्भिक अनुसन्धान थालिएको बताए।

स्रोतका अनुसार अख्तियार र विभागबाट भइरहेको अनुसन्धानलाई विषयान्तर गर्नकै निम्ति ‘सेटिङ’ मा अधिकृतहरूको एक्कासि सरुवा भएको हो। कतिसम्म भने सामान्यतया सरुवाको सूची मन्त्रालयको आधिकारिक वेबसाइटमा राखिने परम्परालाई लत्याउँदै सरुवाको सूची बुधबार साँझसम्म बेबसाइटमा राखिएको छैन।

अध्यागमनकै एक अधिकृतले सरुवाको पछिल्लो कदमका पछाडि विमानस्थल अध्यागमनकै केही अधिकृतको दौडधुपले काम गरेको देखिने बताए। तर अध्यागमन विभागका महानिर्देशक दीपक काफ्ले अधिकृतहरूको सरुवालाई नियमित सरुवाका रूपमा अथ्र्याउँछन्। उनले सरुवाको निर्णयबाट विमानस्थल अध्यागमनमा भइरहेको गलत काममाथिको अनुसन्धान नरोकिने बताउँदै भने, ‘सरुवा र अनुसन्धानबीच कुनै सम्बन्ध छैन।’

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले कर्मचारीको सरुवा सामान्य प्रशासनकै क्षेत्राधिकारभित्र पर्ने र गृहसँग अनुमति लिनुपर्ने व्यवस्था नरहेको बताए। तर उनले यसअघि गृह मातहतका कर्मचारी सरुवामा सामान्य सोधपुछसम्म गर्ने चलन रहेको उल्लेख गरे। स्रोतका अनुसार पछिल्लो सरुवाका बारेमा गृहकै उच्च अधिकारी पनि जानकार थिएनन्।

तीन सिफ्टमा चल्ने विमानस्थल अध्यागमनले विमानस्थल हुँदै विदेश जाने औसतमा दैनिक ५ देखि ६ हजार यात्रुलाई सेवा दिँदै आएको छ। दरबन्दीभन्दा कम संख्यामा रहेको अधिकृतका भरमा चलिरहेको अध्यागमनको सेवा ठूलो संख्यामा गरिएको पछिल्लो सरुवाले प्रभावित हुन सक्ने सम्भावना देखिन्छ। अध्यागमनकै एक अधिकृतले भने, ‘कर्मचारी अभावमा अहिले पनि अध्यागमन डेस्कमा कर्मचारी पुग्दैनन्। समयमै काम नसकिँदा यात्रुको लामो लाइन हुन्छ र भीड बढछ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली क्रिकेट टोलीका सदस्यलाई जनही ३ लाख दिइने
नेपाली क्रिकेट टोलीका सदस्यलाई जनही ३ लाख दिइने
काभ्रेको थुम्कीमा पहिरोले गाउँ नै बगायो, चार जना बेपत्ता
काभ्रेको थुम्कीमा पहिरोले गाउँ नै बगायो, चार जना बेपत्ता
“अध्ययनका लागि दक्षिण कोरिया गएकी कमल गाउँपालिकाकी मनिषा दाहाल सडक दुर्घटनामा परी निधन”
“अध्ययनका लागि दक्षिण कोरिया गएकी कमल गाउँपालिकाकी मनिषा दाहाल सडक दुर्घटनामा परी निधन”
विश्वकपमा स्पेनको सर्वाधिक सात गोल
विश्वकपमा स्पेनको सर्वाधिक सात गोल
Jajarkot people afflicted with transport disruption
Jajarkot people afflicted with transport disruption
के पी ओलीलाई ६ करोड दिएको भन्ने खबर चुनावी प्रपोगाण्डा मात्र- पुर्वमन्त्री महेश बस्नेत (भिडियो सहित )
के पी ओलीलाई ६ करोड दिएको भन्ने खबर चुनावी प्रपोगाण्डा मात्र- पुर्वमन्त्री महेश बस्नेत (भिडियो सहित )
रवि लामिछानेकी पत्नीको जाहेरी प्रहरीले दर्ता गरेन, चितवन जान सुझाव
रवि लामिछानेकी पत्नीको जाहेरी प्रहरीले दर्ता गरेन, चितवन जान सुझाव
आसिका राजौरे बनिन् डान्स आईकन दाङ
आसिका राजौरे बनिन् डान्स आईकन दाङ
पाल्पामा एक लाख एघार हजारले स्वास्थ्य बीमा गराए
पाल्पामा एक लाख एघार हजारले स्वास्थ्य बीमा गराए
सीमा विवाद विद्यमान संयन्त्रबाट संवादका माध्यमले टुंगो लगाउनु पर्छ : भारत
सीमा विवाद विद्यमान संयन्त्रबाट संवादका माध्यमले टुंगो लगाउनु पर्छ : भारत

तपाईंले छुटाउनुभयो कि?