सेतो मत्स्येन्द्रनाथको दर्शन गर्न भक्तजनको भीड

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १४, २०७४
|
|
१३ पटक हेरिएको
Shares
सेतो मत्स्येन्द्रनाथको दर्शन गर्न भक्तजनको भीड

सारांश

  • काठमाडौँ, १४ चैत,  काठमाडौँको लगनटोलमा सेतो मत्स्येन्द्रनाथको दर्शन गर्न भक्तजनको भीड लागेको छ ।
  • मत्स्येन्द्रनाथको मूर्तिलाई मंगलबार साँझ रथयात्रा गरी यहाँ ल्याइएपछि स्थानीय तथा आसपासका सर्वसाधारण दर्शनका लागि भेला भएका छन् ।
  • गत आइतबार तीनधारा पाठशालाबाट शुरु भएको मत्स्येन्द्रनाथको रथयात्रा असन, सोमबार हनुमानढोका र मंगलबार लगन पु¥याइएको हो ।

काठमाडौँ, १४ चैत,  काठमाडौँको लगनटोलमा सेतो मत्स्येन्द्रनाथको दर्शन गर्न भक्तजनको भीड लागेको छ ।

मत्स्येन्द्रनाथको मूर्तिलाई मंगलबार साँझ रथयात्रा गरी यहाँ ल्याइएपछि स्थानीय तथा आसपासका सर्वसाधारण दर्शनका लागि भेला भएका छन् ।

गत आइतबार तीनधारा पाठशालाबाट शुरु भएको मत्स्येन्द्रनाथको रथयात्रा असन, सोमबार हनुमानढोका र मंगलबार लगन पु¥याइएको हो ।

जनवहालस्थित मन्दिरबाट उक्त मूर्ति विधिविधानपूर्वक रथारोहण गरी लगनस्थित माताको मन्दिरमा तीनपटक परिक्रमा गराउने प्रचलन छ । आजै साँझ आमा र छोराको भेट गराउने कार्यक्रम रहेको सेतो मत्स्येन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिले जनाएको छ ।

वर्षा र सहकालका देवता मानिने मत्स्येन्द्रनाथलाई दर्शन गरेमा रोगव्याधीबाट मुक्त भइने जनविश्वास रहेको काठमाडौँ महानगरपालिका–२४ का वडा सदस्य विनोद तुलाधरले बताउनुभयो ।

परिक्रमापछि सानो खटमा राखेर मूर्तिलाई जनवहालस्थित मन्दिरमा पु¥याइने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?