सेन्जल बनिन् पहिलो मिस सिन्धुली, मिस नेपालमा सहभागी बन्न पाउने (फोटोसििहत)

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १९, २०७४
|
|
२८ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • पहिलो मिस सिन्धुलीको ताज सेन्जल श्रेष्ठले जितेकी छन् ।
  • सिन्धुली क्याम्पसकी बीबीएसकी विद्यार्थी श्रेष्ठको बैंकर बन्ने लक्ष्य छ ।

काठमाडौं । पहिलो मिस सिन्धुलीको ताज सेन्जल श्रेष्ठले जितेकी छन् । सिन्धुली क्याम्पसकी बीबीएसकी विद्यार्थी श्रेष्ठको बैंकर बन्ने लक्ष्य छ । उनी संगीत, मोडलिङ र घुमफिरमा रुची राख्छिन् ।

ग्ल्यामरस नेपालको आयोजनामा पहिलोपटक भएको मिस सिन्धुलीमा फस्ट रनरअप इशा श्रेष्ठ, सेकेन्ड रनरअप आस्थाकिरण मगर र थर्ड रनरअप सोनु महत भए । युवतीहरुमा लुकेर रहेको प्रतिभा उजागर गर्न आयोजित मिस सिन्धुली प्रतियोगितामा सबटाइटलतर्फ बेस्ट ट्यालेन्ट अवार्ड आस्थाकिरण मगर, बेस्ट पफर्मेन्स सोनु महत, बेस्ट डिसिप्लेन सुष्मा तामाङ, बेस्ट प्रर्सनालिटी अवार्ड आरजू पाण्डे, मस्ट कन्फिडेन्ट, ब्युटिफुल स्माइल, अडियन्स च्वाइस आवार्ड सृष्टि स्याङ्बा, बेस्ट फ्रेन्डसीप÷मस्ट ग्ल्यामरस अवार्ड अनुसा श्रेष्ठ, बेस्ट फोटोजेनिक÷ब्युटिफुल वाक सेन्जल श्रेष्ठ, ब्युटिफुल फिगर÷ब्युटिफुल स्कीन इशा श्रेष्ठ र ब्युटिफुल हेयर सुजिता लोक्चानले जिते ।
प्रतियोगितामा पत्रकारहरू लीलानाथ घिमिरे, दीपक श्रेष्ठ, कलाकार प्रकाश घिमिरे, गायिका प्रशन्ना पाण्डे र जेसिआइ सिनेटर सुशिलबाबु श्रेष्ठ निर्णायक थिए । मिस सिन्धुली बिजेताले मिस नेपालमा सहभागीता जनाउन पाउने छन् । बिजेता उपबिजेता प्रतिस्पर्धीले विभिन्न आकर्षक गिफ्टह्याम्परहरु दिइएको आयोजक ग्ल्यामरस नेपालका प्रबन्ध निर्देशक आशिम ज्वयल श्रेष्ठले बताए ।

कार्यक्रममा गायक आनन्द कार्की र गायिका प्रसन्ना पाण्डेले गाएर दर्शकलाई नचाएका थिए । कार्यक्रम संचालन लक्ष्मणज्वयल श्रेष्ठले गरेका थिए । बिजेताहरुलाई प्रमुख अतिथि रुपमा उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष विनेशकुमार श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?