प्रचण्ड बने रुकमांगद कटुवालको छिमेकी
सारांश
- काठमाडौं– हाल लाजिम्पाटस्थित निवास छाडेर ललितपुरको खुमलटारमा सरेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पूर्व सेनापति रुकमांगद कटुवालको छिमेकी बन्न पुगेका छन् ।
- पहिलो संविधानसभापछि प्रचण्ड नेतृत्वको सरकारले कटुवाललाई हटाउन खोज्दा तत्कालिन राष्ट्रपति रामवरण यादवको कदमका कारण प्रचण्डले नै राजीनामा दिनु परेको थियो ।
- ।
काठमाडौं– हाल लाजिम्पाटस्थित निवास छाडेर ललितपुरको खुमलटारमा सरेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पूर्व सेनापति रुकमांगद कटुवालको छिमेकी बन्न पुगेका छन् ।
पहिलो संविधानसभापछि प्रचण्ड नेतृत्वको सरकारले कटुवाललाई हटाउन खोज्दा तत्कालिन राष्ट्रपति रामवरण यादवको कदमका कारण प्रचण्डले नै राजीनामा दिनु परेको थियो । । सो घटना कटुवाल प्रकरणका रुपमा नेपाली राजनीतिमा चर्चित छ ।
उनै कटुवालको निवास नजिकै प्रचण्डको नयाँ निवास हुन पुगेको हो । पूर्व प्रधानसेनापति कटवाल खुमलटारकै बासीन्दा हुन् । खुमलटार हाइटमा कटवालको निवास रहेको छ भने सो नजिकैको दूरीमा प्रचण्डको नयाँ निवास रहेको हो ।
ललितपुर–१५ स्थित खुमलटार हाइटस्थित नयाँ घरमा शुक्रवार साँझबाट प्रचण्डको परिवार बस्न सुरु गरेको हो । प्रचण्डका एक सहयोगीका अनुसार उनले शुक्रबार राती खुमलटारकै निवासमा बिताए । यद्यपी अझैं पनि भेटघाट भने लाजिम्पाटमै गर्दै आएका छन् ।
आर जि बिरही
लुटेको सम्पत्ति जति भए पनि छदैछ , घर किन्दै बसाइँ सर्नु के आपत्ति भयो त ! यहि होईन गरिबको पार्टी ? एक कठ्ठा तीन तोला सुनको मालिक यहि होईन ? कहाँबाट आउँछ अर्बौ रुपैयाँ ? थुक्क कुकुर !
Sandip Chalise Sandip Chalise
Kehi gadbad huna sakcha
खडका दिपक
melnu parchh hi desh ko lage