सेवा केन्द्र बढाउँदै आयुर्वेद सेवा केन्द्र

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २७, २०८०
|
|
३९ पटक हेरिएको
Shares
सेवा केन्द्र बढाउँदै आयुर्वेद सेवा केन्द्र

सारांश

  • चितवन ।
  • जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवनले जिल्लाका विभिन्न स्थानमा नागरिक आरोग्य सेवा केन्द्र थप गर्ने तयारी थालेको छ ।
  • आयुर्वेद अस्पालमा बिरामीको आकर्षण बढेसँगै सेवा केन्द्र थप गर्न लागिएको हो ।

चितवन । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवनले जिल्लाका विभिन्न स्थानमा नागरिक आरोग्य सेवा केन्द्र थप गर्ने तयारी थालेको छ ।

आयुर्वेद अस्पालमा बिरामीको आकर्षण बढेसँगै सेवा केन्द्र थप गर्न लागिएको हो । विसं २०५१ मा जिल्लामा पहिलो आयुर्वेद केन्द्र स्थापना भएको थियो । आयुर्वेद सेवाप्रति बिरामीको आकर्षणसँगै केन्द्र थप गर्नका लागि सेवाग्राहीको माग बढेको हो ।

कार्यालय प्रमुख डा कोपिला अधिकारीले भरतपुर महानगरपालिका, माडी नगरपालिका र खैरहनी नगरपालिकामा केन्द्र थप गर्नका लागि माग बढेको जानकारी दिइन् ।

आगामी आर्थिक वर्ष माडी नगरपालिकामा नागरिक आरोग्य केन्द्र स्थापना गर्न स्वास्थ्य केन्द्रले स्वास्थ्य मन्त्रालयमा पत्र पठाइएको उनले जानकारी दिइन् । बजेटको अवस्था र मन्त्रालयको अनुमति भए भरतपुर महानगरमा थेरापीसहितको केन्द्र र खैरहनीमा समेत नागरिक आरोग्य केन्द्र थप गरिने उनले बताइन् । आवश्यकता महसुस भए र बजेटले सम्बोधन गरे तीन स्थानमा नै सञ्चालन गर्न सकिने उनको भनाइ छ ।

आगामी आवमा एक स्थानमा मात्रै केन्द्र थप्ने योजनामा रहेको अधिकारीले बताइन् । अहिले जिल्लाका सात पालिकामा नै सेवा दिँदै आएको स्वास्थ्य केन्द्रले सेवालाई चुस्त र गाउँगाउँमा पु¥याउने लक्ष्य लिएको छ । अहिले उपचार केन्द्र चार वटा, आठ वटा औषधालय र एउटा स्वास्थ्य केन्द्रबाट सेवा दिँदै आइरहेको छ ।

जनताको माग बढेसँगै विगत तीन वर्षदेखि केन्द्र विस्तारको काम गरिँदै आइएको उहाँको भनाइ छ । जिल्लामा रहेका स्वास्थ्य केन्द्र, उपचार केन्द्र र औषधालयबाट चालु आवको जेठ मसान्तसम्ममा ५० हजार एक सय ८३ जनाले सेवा लिएका छन् ।

बिरामीको चाप बढेसँगै सरकारले प्रादेशिक आयुर्वेद अस्पताल निर्माणको कामलाई तीव्र बनाएको छ । रत्ननगर नगरपालिकामा १० कठ्ठा जग्गामा अस्पताल निर्माणको कामलाई तीव्र बनाइएको हो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने उद्देश्यका साथ भवन निर्माणको कामलाई तीव्र बनाइएको हो । बहुवर्षीय योजनाअन्तर्गत रु १३ करोडको लागतमा भवन निर्माण गर्न लागिएको हो ।

तीन वटा भवन निर्माणका लागि सम्राट इन्जिनियरिङ निर्माण सेवा पिप्ले राप्ती चितवनले ठेक्का सम्झौता गरी कामलाई अघि बढाएको छ । अहिलेसम्म निर्माणको २५ प्रतिशत काम सम्पन्न भएको अधिकारीले जानकारी दिइन् । नवनिर्मत भवनमा एउटा तीन तलाको र दुई वटा दुई तलाको हुनेछ । यहाँ थेरापी ब्लक, प्रशासन भवन, ओपिडी भवन र प्रयोगशाला रहने उनले बताइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

थाइ राजाले खोसे पत्नीको सबै राजकीय उपाधि
थाइ राजाले खोसे पत्नीको सबै राजकीय उपाधि
बिकृति फैलाउदै  सर्ट मूभी धन्दा…
बिकृति फैलाउदै सर्ट मूभी धन्दा…
जानि राखौ !! भित्रीदै गरेको फोरजीमा के छ बिशेषता….
जानि राखौ !! भित्रीदै गरेको फोरजीमा के छ बिशेषता….
कोभिड-१९ को उपचारपछि ब्रिटिश प्रमले भने, “मलाई जे पनि हुन सक्थ्यो“
कोभिड-१९ को उपचारपछि ब्रिटिश प्रमले भने, “मलाई जे पनि हुन सक्थ्यो“
वार्षिक विकास कार्यक्रम र मध्यमकालीन खर्च संरचना आयोगको पूर्ण बैठकबाट पारित
वार्षिक विकास कार्यक्रम र मध्यमकालीन खर्च संरचना आयोगको पूर्ण बैठकबाट पारित
डिजिटल साक्षरता विद्यालयको पाठ्यक्रममा समावेश गर्न आवश्यक : प्रधानमन्त्री
डिजिटल साक्षरता विद्यालयको पाठ्यक्रममा समावेश गर्न आवश्यक : प्रधानमन्त्री
काँग्रेसका ३७ बिभागहरुमा प्रमुखहरु मनोनयन (सूचीसहित)
काँग्रेसका ३७ बिभागहरुमा प्रमुखहरु मनोनयन (सूचीसहित)
एनपीएलका ८ मार्की खेलाडी कुन फ्रेन्चाईजीमा छानिए?
एनपीएलका ८ मार्की खेलाडी कुन फ्रेन्चाईजीमा छानिए?
धरानमा मापदण्डविपरीत सञ्चालित ३५ औषधि पसलमा कारबाही
धरानमा मापदण्डविपरीत सञ्चालित ३५ औषधि पसलमा कारबाही
चुम उपत्यकाले शान्ति तथा अहिंसाको सन्देश दिएको छ : प्रधानमन्त्री दाहाल
चुम उपत्यकाले शान्ति तथा अहिंसाको सन्देश दिएको छ : प्रधानमन्त्री दाहाल