उपप्रधान एंव परराष्ट्रमन्त्री महरासँग पाकिस्तानी राजदूतको शिष्टाचार भेट

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १४, २०७४
|
|
३२ पटक हेरिएको
Shares
उपप्रधान एंव परराष्ट्रमन्त्री महरासँग पाकिस्तानी राजदूतको शिष्टाचार भेट

सारांश

  • काठमाडौँ, १४ भदौ ।
  • उपप्रधान एंव परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि पाकिस्तानी राजदूत मजहर जावेदले आज परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ ।
  • भेटमा उहाँहरुबीच द्विपक्षीय सम्बन्ध, आपसी हित र सहयोगका विषयमा छलफल भएको छ ।

काठमाडौँ, १४ भदौ । उपप्रधान एंव परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि पाकिस्तानी राजदूत मजहर जावेदले आज परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ ।

भेटमा उहाँहरुबीच द्विपक्षीय सम्बन्ध, आपसी हित र सहयोगका विषयमा छलफल भएको छ ।

सो अवसरमा परराष्ट्रमन्त्री महराले दुई देशबीच हवाई मार्ग जोडिनुपर्ने उल्लेख गर्दै त्यसका लागि दुबै पक्षले पहल गर्नुपर्ने बताउनुभयो ।

द्विपक्षीय परामर्श संयन्त्रमार्फत आपसी सहयोग र सम्बन्धलाई अझ प्रगाढ बनाउन सकिने बताउँदै उहाँले उक्त संयन्त्रको बैठकलाई नियमितता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उपप्रधानमन्त्री महराले पाकिस्तानसँग नेपालको सधैँ सुमधुर सम्बन्ध रहिआएको चर्चा गर्दै यसलाई अझ उचाइमा पु¥याउनुपर्ने बताउनुभयो ।

भेटमा राजदूत जावेदले पाकिस्तान र नेपालबीच हवाई मार्ग सञ्चालनमा ल्याउने विषयलाई आफ्नो सरकारसमक्ष प्राथमिकतासाथ राख्ने बताउँदै आपसी सहयोग र द्विपक्षीय हितका विषयलाई अझ सवल बनाएर .लैजानुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?