सौरहामा हात्तीको पिकनिक

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १७, २०७६
|
|
४६ पटक हेरिएको
Shares
सौरहामा हात्तीको पिकनिक

सारांश

  • सौराहामा जारी १६औँ चितवन हात्ती महोत्सवअन्तर्गत बुधबार हात्तीलाई वनभोज खुवाइएको छ ।
  • महोत्सवको कार्यक्रममध्ये हात्तीको वनभोज निकै आकर्षक मानिन्छ ।
  • आयोजक क्षेत्रीय होटल सङ्घ सौराहा चितवनका अनुसार वनभोजमा ८५ वटा हात्ती सहभागी भएका थिए ।

सौराहामा जारी १६औँ चितवन हात्ती महोत्सवअन्तर्गत बुधबार हात्तीलाई वनभोज खुवाइएको छ । महोत्सवको कार्यक्रममध्ये हात्तीको वनभोज निकै आकर्षक मानिन्छ । आयोजक क्षेत्रीय होटल सङ्घ सौराहा चितवनका अनुसार वनभोजमा ८५ वटा हात्ती सहभागी भएका थिए । वनभोजमा हात्तीलाई मन पर्ने खानेकुरा दिइन्छ । धेरै हात्तीलाई एकै ठाउँमा जम्मा गरी उनीहरुलाई मनपर्ने खानेकुरा, फलफूल, बन्दा, उखु, फर्सी, गाजर आदि खान दिइएको क्षेत्रीय होटल सङ्घ सौराहा चितवनका उपाध्यक्ष तथा खेल संयोजक अञ्जनकुमार पाण्डेले जानकारी दिए ।

उनले वनभोजमा चितवन राष्ट्रिय निकुञ्ज र निजीरूपमा पालिएका हात्तीहरु सहभागी भएको बताए । हात्ती वनभोज कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले विशेष मौका परी वनभोज खुवाउँदा हात्तीप्रतिको सम्मान झल्कने र सकारात्मक सन्देश जाने बताए । हात्तीका यस्ता गतिविधि हेर्न स्वदेशी तथा विदेशी पर्यटकहरुको सौराहामा ठूलो भीड लाग्ने गरेको छ ।

नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष शुभारम्भसँगै जारी हात्ती महोत्सवलाई महत्वका साथ लिइएको छ । क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको आयोजनामा शुक्रबारसम्म बाघमारा सामुदायिक वनको चौरमा महोत्सव सञ्चालन हुँदैछ । यस वर्षको महोत्सवको नारा ‘हात्ती मेरो साथी’ भन्ने तय गरिएको छ । लोप हुँदै गएको हात्तीको संरक्षण र यसको महत्वबारे जानकारी दिनुका साथै महोत्सवमा हात्तीसँग सम्बन्धित गतिविधि समावेश गरिनेछ ।

महोत्सवमा हात्ती वनभोजसँगै हात्ती ‘फास्टवाक’ प्रतियोगिता, हात्तीका छावाहरुको रोमाञ्चकारी फुटबल प्रतियोगिता, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीपोलो, हात्ती पेन्टिङ प्रतियोगिताका साथै प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारको विविध सांस्कृतिक कार्यक्रम आयोजना भइरहेको हात्ती महोत्सवका संयोजक एवं क्षेत्रीय होटल सङ्घका वरिष्ठ उपाध्यक्ष राममणि खनालले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गोसाइँकुण्ड पुगे १० हजार भक्तजन
गोसाइँकुण्ड पुगे १० हजार भक्तजन
कञ्चनपुरकि निर्मला पन्त बोकेर हिड्ने यी बाईकहरु !
कञ्चनपुरकि निर्मला पन्त बोकेर हिड्ने यी बाईकहरु !
अमेरिका–इरान विवादको चपेटामा नेपाली शान्ति सेना, सतर्क रहन निर्देशन
अमेरिका–इरान विवादको चपेटामा नेपाली शान्ति सेना, सतर्क रहन निर्देशन
अध्यक्ष प्रचण्डलाई निवासमै भेटेर के भनिन् अमेरिकी मन्त्रीले ?
अध्यक्ष प्रचण्डलाई निवासमै भेटेर के भनिन् अमेरिकी मन्त्रीले ?
जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजिएको होइन : प्रधानमन्त्री दाहाल
जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजिएको होइन : प्रधानमन्त्री दाहाल
‘रुसी सेनामा बाँच्ने सम्भावना १ प्रतिशत मात्रै’
‘रुसी सेनामा बाँच्ने सम्भावना १ प्रतिशत मात्रै’
प्रधानमन्त्रीले गरे चोभार सुख्खा बन्दरगाहको उद्घाटन
प्रधानमन्त्रीले गरे चोभार सुख्खा बन्दरगाहको उद्घाटन
प्रधानमन्त्री ओलीले आज प्रदेश १ मा सम्बोधन गर्ने
उपत्यकामा सिसी क्यामराबाट निगरानी बढाइँदै, थप क्यामरा जडानका गर्न प्रहरीले आवश्यक प्रक्रिया थाल्यो
उपत्यकामा सिसी क्यामराबाट निगरानी बढाइँदै, थप क्यामरा जडानका गर्न प्रहरीले आवश्यक प्रक्रिया थाल्यो
छक्का पन्जा जस्तै गज्जब चलचित्र दिनु नै चुनौती हो – अभिमन्यु निरवी
छक्का पन्जा जस्तै गज्जब चलचित्र दिनु नै चुनौती हो – अभिमन्यु निरवी