चितवन प्रहरीले सुरु ग¥यो आकस्मिक चेकजाँच

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २१, २०७४
|
|
२४ पटक हेरिएको
Shares
चितवन प्रहरीले सुरु ग¥यो आकस्मिक चेकजाँच

सारांश

  • काठमाडौं, माघ २१ ।
  • जिल्ला प्रहरी कार्यालय चितवनले अदालतबाट सजाय पाएर फरार रहेका व्यक्तिहरु खोजी गर्न आकस्मिक चेकजाँच सञ्चालन गरेको छ ।
  • पछिल्लो समय विभिन्न अपराधिक क्रियाकलापमा संलग्न व्यक्ति जिल्लाबाट पक्राउ पर्न थालेपछि चितवन प्रहरीले आकस्मिक चेकजाँच सञ्चालन गरेको हो ।

काठमाडौं, माघ २१ । जिल्ला प्रहरी कार्यालय चितवनले अदालतबाट सजाय पाएर फरार रहेका व्यक्तिहरु खोजी गर्न आकस्मिक चेकजाँच सञ्चालन गरेको छ ।

पछिल्लो समय विभिन्न अपराधिक क्रियाकलापमा संलग्न व्यक्ति जिल्लाबाट पक्राउ पर्न थालेपछि चितवन प्रहरीले आकस्मिक चेकजाँच सञ्चालन गरेको हो ।

चितवन पछिल्लो समय अपराधिक क्रियाकलाप गर्ने व्यक्तिहरुको अखडाको रुपमा देखिन थालेको छ । अपराधीले राजधानीलगायत अन्य जिल्लामा अपराधिक क्रियाकलापमा संलग्न हुने र चितवनलाई लुक्ने ठाँउका रुपमा प्रयोग गर्दै आएका छन् ।

चितवन प्रहरीले प्रत्येक दिन जिल्लाका १३ ठाउँमा चेकजाँच गर्ने गरेको नायब प्रहरी उपरिक्षक (डिएसपी) प्रभुप्रसाद ढकालले बताए । साना हातहतियार तथा लागु औषध बोकेर हिँड्ने व्यक्तिलाई केन्द्रित गरी चेकजाँचलाई कडा परिएको उनले बताए ।

गत कात्तिकमा डिएसपी ढकालको संयोजकत्वमा चितवन प्रहरीले प्रोसेफनल स्टार्डड टिम समेत गठन गरेको थियो । नेपाल प्रहरीको आन्तरीक सुदृढीकरण अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय चितवन र मातहतका प्रहरी कार्यालयहरुबाट सम्पादन भइरहेका कार्यहरुलाई अझ बढी चुस्त, दुरुस्त र प्रभावकारी एवं नतिजामूलक बनाउन टिम गठन गरिएको हो ।

प्रोसेफनल स्टार्डड टिमले प्रहरी कार्य, अपराध रोकथाम तथा अनुसन्धान, ट्राफिक व्यवस्थापन, कार्यालय व्यवस्थापन तथा अन्य प्रहरी सेवालाई अझ प्रभावकारी बनाउन प्रत्यक्ष र अप्रत्यक्ष रुपमा अनुगमन तथा निरिक्षण गर्ने तथा आवश्यकता अनुसार निर्देशन दिने, समन्वय गर्ने र कारवाहीको लागि कार्यालय प्रमुख समक्ष सिफारिस गर्ने सम्मको कामहरु गर्दै आइरहेको छ ।

प्रहरीको काम कारवाहीलाई प्रभावकारी बनाउन हाल भई रहेका कमीकमजोरी पत्ता लगाउने र त्यसको समाधानका उपायहरुसहित कार्य सम्पादनलाई उच्चस्तरको बनाउन यसले सहयोग गर्ने ढकालले बताए ।

प्रहरीले सञ्चालन गरेको आकस्मिक चेकजाँचलाई स्थानीयले सकारात्मक रुपमा लिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री कप क्रिकेट : कोशी प्रदेशलाई एक सय ४० रनको लक्ष्य
प्रधानमन्त्री कप क्रिकेट : कोशी प्रदेशलाई एक सय ४० रनको लक्ष्य
सभामुखको सरकारलाई रुलिङ, संसदमा उठेका प्रश्नको जवाफ दिनू
सभामुखको सरकारलाई रुलिङ, संसदमा उठेका प्रश्नको जवाफ दिनू
पाँच नं प्रदेशबाट पहाडी जिल्ला टुक्य्राइको बिरोधमा  रोल्पा सदरमुकाम तनावग्रस्त…
पाँच नं प्रदेशबाट पहाडी जिल्ला टुक्य्राइको बिरोधमा रोल्पा सदरमुकाम तनावग्रस्त…
ओम्नीलाई कालोसूचिमा राख्ने निर्णय कायान्वयन नगर्न आदेश
ओम्नीलाई कालोसूचिमा राख्ने निर्णय कायान्वयन नगर्न आदेश
राजनीतिक ध्रुवीकरणले सरकारको स्थायित्व हुन्छ – मन्त्री थापा
राजनीतिक ध्रुवीकरणले सरकारको स्थायित्व हुन्छ – मन्त्री थापा
धितोपत्र बोर्डले लगानीकर्ताहरुले इन्टरनेटबाट आदेश दिन सक्ने सफ्टवेयर तयार
धितोपत्र बोर्डले लगानीकर्ताहरुले इन्टरनेटबाट आदेश दिन सक्ने सफ्टवेयर तयार
नेप्सेमा २८ अङ्कको गिरावट
नेप्सेमा २८ अङ्कको गिरावट
Akash Ambani and Shloka Mehta’s engagement invitation card is here and it looks impressive!
Akash Ambani and Shloka Mehta’s engagement invitation card is here and it looks impressive!
राष्ट्रको विरुद्ध मैले गद्दारी गरेको छैन, प्रमाणित गर्न चुनौती दिन्छु : अर्थमन्त्री  शर्मा
राष्ट्रको विरुद्ध मैले गद्दारी गरेको छैन, प्रमाणित गर्न चुनौती दिन्छु : अर्थमन्त्री शर्मा
सुटिंग स्थलबाटै बाहिरियो नायिका बर्षा राउत र बर्षा सिवाकोटीको झगडाको भिडियो (हेर्नुहोस  भिडियो)
सुटिंग स्थलबाटै बाहिरियो नायिका बर्षा राउत र बर्षा सिवाकोटीको झगडाको भिडियो (हेर्नुहोस भिडियो)

तपाईंले छुटाउनुभयो कि?