खरेलका कारण जापान उडान स्थगित !

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २२, २०७६
|
|
३७ पटक हेरिएको
Shares
खरेलका कारण जापान उडान स्थगित !

सारांश

  • नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का कार्यकारी अध्यक्ष मदन खरेलको निकम्मा नेतृत्वको कारणले वाईडबडीको जापान उडान स्थगित् भएको भन्दै चौतर्फी आलोचना सुरु भएको छ ।
  • राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको कार्यकारीमा पदमा पुग्दापनि खरेलले आफ्नो दायित्व जिम्मेवारीबोधका साथ बहन गर्न नसकेको भन्दै नियुक्तीको दिनदेखि नै गम्भिर आलोचना भैरहेको छ ।
  • तत्कालका लागि जापान उडान स्थगित हुनुमा यात्रु नपाएको भनेर निगमले कारण देखाएपनि त्यसको भित्री कारण भने अध्यक्ष खरेलको लापरवाही नै रहेको पुष्टि भएको छ ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का कार्यकारी अध्यक्ष मदन खरेलको निकम्मा नेतृत्वको कारणले वाईडबडीको जापान उडान स्थगित् भएको भन्दै चौतर्फी आलोचना सुरु भएको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको कार्यकारीमा पदमा पुग्दापनि खरेलले आफ्नो दायित्व जिम्मेवारीबोधका साथ बहन गर्न नसकेको भन्दै नियुक्तीको दिनदेखि नै गम्भिर आलोचना भैरहेको छ ।

तत्कालका लागि जापान उडान स्थगित हुनुमा यात्रु नपाएको भनेर निगमले कारण देखाएपनि त्यसको भित्री कारण भने अध्यक्ष खरेलको लापरवाही नै रहेको पुष्टि भएको छ । निगम स्रोतको दाबी छ,‘नेतृत्वले सुरुवातदेखि नै गम्भिरता देखाएको भए आज निर्धा्रित मितिमै वाईडबडीले जापान उडान भर्दथ्यो, तर अध्यक्ष गम्भिर रुपमा लाग्नुभएन । उहाँ व्यक्तिगत स्वार्थमा लाग्नुभएको छ।’

निगमलाई नयाँ उचाईमा पुर्याउने र यसको ईतिहास र गौरवमा कुनै आँच आउन नदिने सुनौलो मौका खरेलमा थियो । तर, उनले यो मौका सदुपयोग गर्नुको साटो जसरी हुन्छ सम्पन्न हुने धन्दामा आफूलाई व्यस्त राखे । निर्धा्रित मितिमा उडान भर्न नसक्ने प्रारम्भिक सूचना बाहिरि ल्याएपनि कम्पनीले उडान सुरू गर्ने नयाँ मिति पनि तय गरेको छैन । यसको मतलव खरेल कुनैपनि हालतमा जापानको पूर्ववत गन्तव्यमा जहाजलाई उडान गर्न दिने पक्षमा देखिएका छैनन् ।

जापान सरकारले गम्भिरताका साथ निर्धा्रित मितिमै उडान भर्नको लागि ठूलो सदाशयताका साथ नेपाल सरकारसँग सहकार्य गरेको थियो । र, सोहीअनुसार भूमिका पनि निर्वाह गरेको थियो । तर, निगमका अध्यक्ष खरेल नै निकम्मा भएपछि कसको के लाग्छ र ? उनले निगमलाई उन्नतिको पथमा डोर्याउनुको साटो सुरुदेखि नै अद्योगतिमा डोर्याए ।

खरेलकै कारण आगामी जुलाई ४ अर्थात् असार १९ बाट ओशाकाको कान्साइ अन्तर्रा्िष्ट्रय एयरपोर्टमा निगमको वाइडबडीले उडान भर्ने तालिका पर धकेलियो ।

नेपाल–जापान दुवै देशका प्राविधिकसहितको टोलीले जापानको ओशाका उडान भर्दा नै सबैभन्दा हितकर हुन्छ भन्ने निश्कर्ष निकालेर नै जुलाई ४ बाट उडान सुरु गर्ने तालिका सार्वजनिक गरिएको थियो ।

तर, खरेल कुनैपनि हालतमा ओशाका उडान भराउने पक्षमा देखिएनन् । उनी जापानको नारिता विमानस्थलमा उडान थाल्ने गरी प्रक्रिया अघि बढाउन चाहन्छन् । स्रोतको दाबी छ,‘ओशाका उडाउँदा निगमलाई फाईदा हुन्छ, तर नारिता उडाउँदा खरेललाई फाईदा छ । उहाँले व्यक्तिगत स्वार्थ र फाईदाभन्दा अरु कुरालाई हेर्नुहुन्न । यो त उहाँको नेचर नै बनिसक्यो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?