स्थानिय निकायका कर्मचारी आन्दोलनमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २६, २०७३
|
|
२१७ पटक हेरिएको
Shares
स्थानिय निकायका कर्मचारी आन्दोलनमा

सारांश

  • सागर शर्मा माघ २६, प्युठान स्थायित्व र व्याव्थापनको माग गर्दै प्युठान जिल्लाका स्थानिय निकायका कर्मचारीहरु आन्दोलनमा उर्तेका छन ।
  • राज्य पुर्नसंरचनामा संगसंगै र विगतका स्थानिय निकायमा कार्यरत सम्पुर्ण कर्मचारीहरुको पेशागत सुरक्षाको सन्दर्भमा उठाएका जायज मागका सन्र्दभमा सवै टेड युनियनको तर्फवाट गम्भिर ध्यानाकर्षण भई प्रथम चरणका आन्दोलनका कार्यक्रमहरु तय गरिएको जनाईएको छ ।
  • आज खंलगामा भएको स्थानिय निकायका कर्मचारीको वैठकमा आन्दोलन प्रति एक्यवद्धता जाएर गर्ने,सयुक्त आन्दोलन परिचालन गठन गर्ने, अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने, लगा्एतका प्रस्ताव माथी छलफल गरिएको थियो ।
सागर शर्मा
माघ २६, प्युठान
स्थायित्व र व्याव्थापनको माग गर्दै प्युठान जिल्लाका स्थानिय निकायका कर्मचारीहरु आन्दोलनमा उर्तेका छन ।
राज्य पुर्नसंरचनामा संगसंगै र विगतका स्थानिय निकायमा कार्यरत सम्पुर्ण कर्मचारीहरुको पेशागत सुरक्षाको सन्दर्भमा उठाएका जायज मागका सन्र्दभमा सवै टेड युनियनको तर्फवाट गम्भिर ध्यानाकर्षण भई प्रथम चरणका आन्दोलनका कार्यक्रमहरु तय गरिएको जनाईएको छ ।
आज खंलगामा भएको स्थानिय निकायका कर्मचारीको वैठकमा आन्दोलन प्रति एक्यवद्धता जाएर गर्ने,सयुक्त आन्दोलन परिचालन गठन गर्ने, अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने, लगा्एतका प्रस्ताव माथी छलफल गरिएको थियो ।
स्थानिय निकायको चुनाव तत्काल सम्पन्न गर्न, लामो अनुभवको आधारमा स्थानिय निकायमा कार्यरत कर्मचारीहरुलाई समायोजनमा पहिलो प्राथमिकता दिने, निजामति स्थानिय निकायमा कार्यरत कर्मचारीहरुको अभिलेखिकरणलाई सघिय सरकारले व्यव्स्थीत गरि सबै प्रदेश र स्थानिय तहमा लागु हरने गरी  ऐन नियम बनाउनु पर्ने, निजामति अस्पतालको सुविधा स्थानिय निकायमा कार्यरत कर्मचारीहरुले प्रयोग गर्न पाउनु पर्ने, प्रतिस्पर्धामा सफल भएका स्थानिय निकायका कर्मचारीहरुलाई प्रदेश तथा संघिय सरकार अन्र्तगतको कर्मचारीमा जान पाउने अवसर दिनुपर्ने लगाएतका पेशागत मागहरु राखेको जनाईएको छ ।
आन्दोलनका कार्यक्रम अनुसार माघ २६ गते सम्पुर्ण स्थानिय निकायका कर्मचारीहरुले हातमा कालो पट्टी वाधि विरोध जनाउने, २७ गते कालो पट्टी वाधी  १ घन्टा कलम वन्द गर्ने र आफ्नो कार्यालयमा धर्ना गर्ने, २८ गते कालो पटटी वाधी ३ घण्टा कलम वन्द गर्ने र आ आफ्नो कार्यालयमा धर्ना दिने र फागुन १ गते दिउसो १२ वजे आन्दोलनका कार्यक्रमहरुवारे सरोकारवालाहरुसंग जि.वि.स सभाकक्षमा अन्तरक्रिया गर्ने र सो दिन स्थानिय निकायका सम्पुर्ण सेवाहरु वन्द गर्ने रहेको आन्दोलन परिचालन समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो ।
आज थप आन्दोलनका कार्यक्रमहरु आन्दोलन परिचालन समन्वय समिति दिनेश केसीको अध्यक्षतामा ९ सदस्यीय समिति पनि चयन गरेको छ । गाविस कर्मचारी संघ केन्द्रिय सदस्य वासुदेव गिरिले भन्नुभयो  नेपालको संविधान २०७३ ले संघ, प्रदेश र स्थानिय तह गरि तीन तहको राज्यका संरचना हुने व्याव्स्था गरे बमोजिम स्थानिय तहका सेवा प्रवाहको लागी संक्रमणकालिन व्याव्स्थाको नाममा स्थानिय तहमा हाल कार्यरत कर्मचारीलाई वेवास्ता हुने गरि स्थानिय तहका  वडा स्तरमा निजामती कर्मचारीहरु पठाउने र नगुग भएमा लोकसेवा आयोगका परिक्षा सुचिमा रहो कर्मचारीहरुलाई करारमा नियुक्त गरी पठाउने जस्ता नीति निर्माणको गृहकार्य भईरहेको ले सो कार्य बिबेदपुर्ण रहेको जनाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनजिओका गतिविधिले नेपालमाथि खतरा बढ्दै : मन्त्री बास्कोटा
एनजिओका गतिविधिले नेपालमाथि खतरा बढ्दै : मन्त्री बास्कोटा
तीसजना किसानलाई बाख्रा वितरण
तीसजना किसानलाई बाख्रा वितरण
प्रदेश नं. २ मा नागरिकता विवाद, जिल्ला प्रशासनले नै टेरेनन् प्रदेश सरकार
प्रदेश नं. २ मा नागरिकता विवाद, जिल्ला प्रशासनले नै टेरेनन् प्रदेश सरकार
मतगणना झण्डै ५० प्रतिशत, अग्रता बढाउँदै बाम
मतगणना झण्डै ५० प्रतिशत, अग्रता बढाउँदै बाम
पार्क संरक्षणको काम शुरु
पार्क संरक्षणको काम शुरु
केरुङ प्रवेशको परिचयपत्र सहज गराउन आग्रह
केरुङ प्रवेशको परिचयपत्र सहज गराउन आग्रह
उदयपुरको बजेट तथा विशेष प्रस्तावहरु पास गर्दै सकियो दोस्रो जिल्ला सभा
उदयपुरको बजेट तथा विशेष प्रस्तावहरु पास गर्दै सकियो दोस्रो जिल्ला सभा
नेकपा एमाले कसैले पालेकाे घरपालुवा कुकुर हाेइन: प्रधानमन्त्री अाेली
निर्मला बलात्कार-हत्याकाण्ड : निलम्बनमा परेका प्रहरीमाथि छानबिन गर्न यस्तो बन्यो विज्ञ समुह
काँग्रेसका नेता बिमलेन्द्र निधिलाई निमोनिया , भारतीय राजदूतले स्वास्थ्यलाभको कामना !
काँग्रेसका नेता बिमलेन्द्र निधिलाई निमोनिया , भारतीय राजदूतले स्वास्थ्यलाभको कामना !

तपाईंले छुटाउनुभयो कि?