फेरी पनि भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य
सारांश
- काठमाडौ ३१ श्रावण ।
- भारतीय आयल कर्पोरेशन (आइओसी) नेपाल आयल निगम (एनओसी) लाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।
- नयाँ मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ ।
काठमाडौ ३१ श्रावण । भारतीय आयल कर्पोरेशन (आइओसी) नेपाल आयल निगम (एनओसी) लाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । नयाँ मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ । भारतीय आयल कर्पोरेसनले हरेक १५ १५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेको छ । आज मंगलबार प्राप्त मूल्यसूचीअनुसार डिजेल प्रतिलिटर ४ रुपैयाँ ८४ पैसा र पेट्रोल प्रतिलिटर १ रुपैयाँ ९४ पैसा घटेर आएको छ ।
अघिल्लो पटक साउन १६ गते पनि पेट्रोल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको थियो । त्यस अघि साउन १ मा पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको थियो ।
अर आयल निगमले मूल्य घटेर आएपनि निगमलाई अझै घाटा नै रहेको भन्दै नेपालमा मूल्य घटाएको छैन । हाल नेपालमा पेट्रोल प्रति लिटर १८१ रुपैया, डिजेल र मट्टीतेल प्रति लिटर १७२ रुपैयाँ, र खान पकाउने ग्यास प्रति सिलिन्डर १८०० रुपैयाँमा बिक्रि भईरहेको छ ।
प्रतिक्रिया