स्थानीय तह निर्वाचनको आधारमा एमाले र माओवादी गठबन्धनले ‘पपुलर’ मत ल्याउने,

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २६, २०७४
|
|
१८ पटक हेरिएको
Shares
स्थानीय तह निर्वाचनको आधारमा एमाले र माओवादी गठबन्धनले  ‘पपुलर’ मत ल्याउने,

सारांश

  • २६ असोज, काठमाडौं ।
  • प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि वामपन्थी र प्रजातान्त्रिक शक्तिले अलगअलग गठबन्धन बनाउने कोसिस गरिरहेका छन् ।
  • गठबन्धन बनेमा प्रजातान्त्रिकभन्दा वामपन्थी गठबन्धन अगाडि देखिन्छ ।

२६ असोज, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि वामपन्थी र प्रजातान्त्रिक शक्तिले अलगअलग गठबन्धन बनाउने कोसिस गरिरहेका छन् । गठबन्धन बनेमा प्रजातान्त्रिकभन्दा वामपन्थी गठबन्धन अगाडि देखिन्छ ।

स्थानीय तह निर्वाचनको आधारमा एमाले र माओवादी गठबन्धनले ५१ प्रतिशत ‘पपुलर’ मत ल्याउने देखिन्छ । त्यस्तै, राप्रपादेखि मधेसी सबै दललाई जुटाउन सकेमा कांग्रेसले ४४ प्रतिशत मत जम्मा गर्न सक्ने देखिन्छ । एमाले र माओवादीले गठबन्धन बनाउने सैद्धान्तिक सहमति गरे पनि सिट बाँडफाँटको टुंगो लगाउन सकेका छैनन् ।

कांग्रेस नेतृत्व गठबन्धनको त न्यूनतम सहमति पनि हुन सकेको छैन ।

वाम गठबन्धनका सम्भावित दलहरू एमाले, माओवादी केन्द्र, नयाँ शक्ति, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त र परिवार दलको मतलाई एकमुष्ट मत जोड्दा ४७ लाख ९५ हजार पुग्छ । साथै, कांग्रेसको नेतृत्वमा बन्ने लोकतान्त्रिक मोर्चामा रहने भनिएका संघीय समाजवादी फोरम, राजपा, राप्रपा, राप्रपा (प्रजातान्त्रिक) र फोरम लोकतान्त्रिकको एकमुष्ट मत ४० लाख ४१ हजार हुन आउँछ ।

वाम गठबन्धन बनेको र लोकतान्त्रिक गठबन्धन नबनेको अवस्थामा कांग्रेस १६ लाख मतले पछाडि हुने देखिन्छ । तर, हरेक निर्वाचनमा मतदाताले फरक परिणाम दिने गरेकाले अघिल्लो निर्वाचनको आधारमा विश्लेषण गर्न गाह्रो छ ।

स्थानीय तहमा प्राप्त मतका आधारमा विश्लेषण गर्दा २ लाख मत कटाउनेमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम, राजपा गरी ६ दल मात्रै देखिएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जटिल मोडमा निर्मला हत्या प्रकरण, पछिल्लो अनुसन्धान पनि शंकास्पद
जटिल मोडमा निर्मला हत्या प्रकरण, पछिल्लो अनुसन्धान पनि शंकास्पद
दाङमा जाडोले कठ्याङग्रिएर १ जनाको मृत्यु
दाङमा जाडोले कठ्याङग्रिएर १ जनाको मृत्यु
अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढ्यो
अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढ्यो
नेपालको वेस्ट इन्डिज ‘ए’ माथि शानदार जित
नेपालको वेस्ट इन्डिज ‘ए’ माथि शानदार जित
काठमाडौँको फोहरका लागि वैकल्पिक स्थान खोज्न आवश्यक
काठमाडौँको फोहरका लागि वैकल्पिक स्थान खोज्न आवश्यक
रिमाल प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा नियुक्त
रिमाल प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा नियुक्त
Пин Ап казино: играть онлайн на официальном сайте, вход и регистраци
बाढीपहिरो प्रभावितलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन निर्देशन
बाढीपहिरो प्रभावितलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन निर्देशन
आगामी जेठभित्र नारायणगढ–मुग्लिन सडक खण्डको काम पूरा हुन्छ : मन्त्री महासेठ
आगामी जेठभित्र नारायणगढ–मुग्लिन सडक खण्डको काम पूरा हुन्छ : मन्त्री महासेठ
५० वर्षपछि सुक्खाग्रस्त क्षेत्रमा प्रधानमन्त्री ओली : मलाई पनि च्याब्रुङसँगै नाचौँ नाचौँ लाग्यो
५० वर्षपछि सुक्खाग्रस्त क्षेत्रमा प्रधानमन्त्री ओली : मलाई पनि च्याब्रुङसँगै नाचौँ नाचौँ लाग्यो

तपाईंले छुटाउनुभयो कि?