हजुरबा-हजुरआमालाई रमाइलो बनाउन मनोरन्जन सेवा केन्द्र

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २७, २०७५
|
|
४९ पटक हेरिएको
Shares
हजुरबा-हजुरआमालाई रमाइलो बनाउन मनोरन्जन सेवा केन्द्र

सारांश

  • काठमाडौं, जेठ २७- काठमाडौँ महानगरपालिकाको वडा नं १८ मा हजुरबा हजुरआमालाई रमाइलो र खुसी पार्न मजोरन्जन सेवा केन्द्र बनाइएको छ ।
  • सेवा केन्द्रको महानगरका मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गरेका छन् ।
  • मनोरञ्जन सेवा केन्द्रमा हार्मोनियम, तबला, पछिमा, बाँसुरी, मादलजस्ता वाद्ययन्त्र राखिएका छन् ।

काठमाडौं, जेठ २७- काठमाडौँ महानगरपालिकाको वडा नं १८ मा हजुरबा हजुरआमालाई रमाइलो र खुसी पार्न मजोरन्जन सेवा केन्द्र बनाइएको छ । सेवा केन्द्रको महानगरका मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गरेका छन् ।

मनोरञ्जन सेवा केन्द्रमा हार्मोनियम, तबला, पछिमा, बाँसुरी, मादलजस्ता वाद्ययन्त्र राखिएका छन् । ज्येष्ठ नागरिकलाई मनोरञ्जन दिन र सजिलै समय काट्ने व्यवस्था मिलाउन यस्तो गरिएको हो ।

१८ नम्बर वडामा वडामा ६० वर्ष उमेर पूरा भएका करीब ७ सय जना छन् । वडामा भएका ६० वर्ष उमेर पूरा भएका जेष्ठ नागरिकलाई लक्षित गरी जेष्ठ नागरिक मनोरञ्जन सेवा केन्द्र स्थापना गरिएको हो । सेवा केन्द्रमा जम्मा भएर बृद्धबृद्धालाई रमाइलो होस्, समय बिताउन सजिलो होस् भन्ने हेतुले बताइएको हो । वडाले सेवा केन्द्रका लागि २ लाख रुपियाँ खर्च गरिसकेको बताएको छ ।

कार्यक्रममा कामपाका प्रमुख शाक्यले लामो समय आफूले सबै उमेर समुहका व्यक्तिलाई प्राथमिकतामा राखेर काम गरेको बताए । उनले जेष्ठ नागरिकको समस्यालाई ध्यानमा दिंदै समाधान गर्नेतिर लागिरहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?