स्नेहा भइन मिस काभ्रे २०१७ !
सारांश
- काठमाडौं , बौद्धिकतासहितको सौन्दर्य भन्ने नाराका साथ रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा भएको मिस काभ्रे २०१७ को नवौं संस्करणको ताज स्नेहा प्रधानाङ्गले जितेकी छिन् ।
- उनले शीर्ष उपाधिबाहेक बेस्ट ड्रेस र मोस्ट कन्फिडेन्टको अवार्ड पनि जितेकी छिन् ।
- प्रतियोगितामा फस्र्ट रनरअप मोनिका के.
काठमाडौं , बौद्धिकतासहितको सौन्दर्य भन्ने नाराका साथ रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा भएको मिस काभ्रे २०१७ को नवौं संस्करणको ताज स्नेहा प्रधानाङ्गले जितेकी छिन् । उनले शीर्ष उपाधिबाहेक बेस्ट ड्रेस र मोस्ट कन्फिडेन्टको अवार्ड पनि जितेकी छिन् । प्रतियोगितामा फस्र्ट रनरअप मोनिका के.सी.ले ब्युटिफुल स्माइलको उपाधि जितेकी थिइन् भने सेकेन्ड रनरअप पुनम नापितले डिसिप्लेनको उपाधि जितेकी थिइन् ।
कार्यक्रमको कोरियोग्राफी रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका फाउन्डर डिरेक्टर राज फैजुले गरेका थिए । प्रतियोगितामा अन्य शिर्षक उपाधि मध्ये
भिवर च्वाइस र वेस्ट ट्यालेन्टमा अनुषा श्रेष्ठ,
ब्युटिफुल कम्प्लेक्सनमा दिया तामाङ्ग,
फोटोजेनिकमा उस्मिता कायस्थ,
फेन्डसिपमा अविना श्रेष्ठ,
इनरजेटिकमा सविता श्रेष्ठ,
पर्सनालिटिमा संगिता गुरुङ,
र वेस्ट वाकमा सिम्रिका देउजाले उपाधि जितेका थिए । विजेताहरुलाई विभिन्न विज्ञापनहरुमा अवसरका साथै कार्यक्रमका कार्यकारी निर्देशक श्रीषा बैदार फैजुद्धारा उपहार तथा नगद प्रदान गरिएका थिए ।
प्रतियोगिताको निर्णायकहरुमा
हब इन्टरनेश्नल एजुकेशनका निर्देशक सरिता खड्का
मोडल इशा चौधरी,
समाज सेवी एवं महिला ब्यवसायी पविना खड्का,
आलोह हिमालय इन्भेस्टमेंटका निदेशक र डिपुटी म्यानेजर सीडीसी सिनेमाज का अंजली लिगल प्रधानाङ्ग रहेका थिए ।
प्रतिक्रिया