स्पेनिस ला लिगा : इस्पान्योललाई हराउँदै रियल तेस्रो स्थानमा उक्लियो

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १४, २०७५
|
|
५२ पटक हेरिएको
Shares
स्पेनिस ला लिगा : इस्पान्योललाई हराउँदै रियल तेस्रो स्थानमा उक्लियो

सारांश

  • काठमाडौं, १४ माघ ।
  • रियल मड्रिड इस्पान्योललाई ४-२ गोल अन्तरले हराउँदै स्पेनिस ला लिगा फुटबलको तेस्रो स्थानमा उक्लिएको छ।
  • इस्पान्योलको मैदानमा आइतबार राति भएको खेलमा रियललाई जिताउन करिम बेन्जेमाले दुई तथा ग्यारेथ बेल र कप्तान सर्जियो रामोसले एक/एक गोल गरे।

काठमाडौं, १४ माघ । रियल मड्रिड इस्पान्योललाई ४-२ गोल अन्तरले हराउँदै स्पेनिस ला लिगा फुटबलको तेस्रो स्थानमा उक्लिएको छ।

इस्पान्योलको मैदानमा आइतबार राति भएको खेलमा रियललाई जिताउन करिम बेन्जेमाले दुई तथा ग्यारेथ बेल र कप्तान सर्जियो रामोसले एक/एक गोल गरे। इस्पान्योलका लियो बापपटस्टाओ र रोबर्टो रोसेल्सले गोल गरे ।

खेलको चौथो मिनेटमै करिम बेन्जेमाको गोलबाट सुरूवाती अग्रता लिएको रियलले १५औं मिनेटमा कप्तान रामोसको गोलबाट अग्रता दोब्बर पारेको थियो।

खेलको २५औं मिनेटमा लियो बापटिसटाओले गोल गर्दै घरेलु टोलीले खेलमा २–१ को स्थिति बनायो। पहिलो हाफको इन्ज्युरी समयमा करिम बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा रियललाई ३–१ ले अग्रता लियो।

दोस्रो हाफमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका ग्यारेथ बेलले ६७औं मिनेटमा गोल गर्दै रियललाई ४–१ को अग्रता दिलाए।

खेलको ७२ औं मिनेटमा रियल १० खेलाडीमा समेटियो। रियलक राफयल भरान रातो कार्ड खादै मैदानबाट बाहिरिए पनि त्यसको फाइदा उठाउदै इस्पान्योलले गोल गरे पनि हार टार्न सकेनन्। रोबर्टो रोसेल्सले खेलको ८१ औं मिनेटमा गोल गरेका थिए।

यो जितसँगै रियल २१ खेलबाट ३९ अंक जोडेर लिगको तेस्रो स्थानमा उक्लिएको छ। रियल शीर्ष स्थानको बार्सिलोनाभन्दा १० तथा एट्लेटिको मड्रिडभन्दा ५ अंकले पछि छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

९२ नगरपालिकामा चुनाव हुँदा ३ महिला मेयरमा चुनिए
९२ नगरपालिकामा चुनाव हुँदा ३ महिला मेयरमा चुनिए
मधेसका समस्या समाधान गर्न एमाले अग्रसर हुने के हुन् मधेसका समस्या ?
मधेसका समस्या समाधान गर्न एमाले अग्रसर हुने के हुन् मधेसका समस्या ?
काभ्रेमा जीप दुर्घटना, ६ जनाको मृत्यु, ११ घाइते
काभ्रेमा जीप दुर्घटना, ६ जनाको मृत्यु, ११ घाइते
हङ्‌कङमा आन्दोलन चर्कियो, प्रहरीमाथि पेट्रोल बम र बाण प्रहार
हङ्‌कङमा आन्दोलन चर्कियो, प्रहरीमाथि पेट्रोल बम र बाण प्रहार
‘अतिक्रमित जमिन फर्काउने अभियानमा सरकार’
‘अतिक्रमित जमिन फर्काउने अभियानमा सरकार’
गोसाइँकुण्डमा दुर्घटना भएको मनाङ एयरको हेलिकप्टर काठमाडौं लगियो
गोसाइँकुण्डमा दुर्घटना भएको मनाङ एयरको हेलिकप्टर काठमाडौं लगियो
गायिका नित्याशिवाको ‘ट्याक्सी गुडाउदै धुलो उडाउदै’ सार्वजनिक (भिडियोसहित)
गायिका नित्याशिवाको ‘ट्याक्सी गुडाउदै धुलो उडाउदै’ सार्वजनिक (भिडियोसहित)
लकडाउन जेठ १० गतेसम्म बढाउने सरकारको तयारी
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने
युवासंघ, नेपालको २७ औं स्थापना दिवसको अवसरमा राजधानीमा बृहत् दिप प्रज्वलन !