अन्ततः मन्त्रालय सम्हाले उपेन्द्र यादवले

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ९, २०७६
|
|
२३ पटक हेरिएको
Shares
अन्ततः मन्त्रालय सम्हाले उपेन्द्र यादवले

सारांश

  • उपप्रधान, कानुन तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले मन्त्रालय पुगेर कार्यभार सम्हालेका छन्।
  • कार्यभार सम्हाल्न यादव सोमबार दिउँसो सिंहदरबारस्थित मन्त्रालय पुगे ।
  • उनलाई कर्मचारीले स्वागत गरेका थिए।

उपप्रधान, कानुन तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले मन्त्रालय पुगेर कार्यभार सम्हालेका छन्। कार्यभार सम्हाल्न यादव सोमबार दिउँसो सिंहदरबारस्थित मन्त्रालय पुगे । उनलाई कर्मचारीले स्वागत गरेका थिए।

स्वास्थ्य मन्त्रीबाट कानुन मन्त्रीमा पदस्थापन गरेपछि असन्तुष्ट बनेका यादव मन्त्रालय गएका थिएनन् । सरकार छोड्ने आशंकाका बीच यादवले मन्त्रालय सम्हाल्दै मन्त्रिमण्डल पुनर्गठन गर्ने अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भएको प्रतिक्रिया दिए ।

‘प्रधानमन्त्रीले सबैतिर अनुभव होस् भनेर मलाई स्वास्थ्यबाट कानुन मन्त्रालय पठाउनुभएको हुनुपर्छ,’ यादवले पत्रकारहरूसँग मन्त्रालयमा भने, ‘सरकार छाड्ने निर्णयमा पार्टी पुगेको छैन। अहिले किन छाड्ने सरकार?’

प्रतिक्रिया दिदै यादवले संविधान संशोधन राजनीतिक कुरा भएको बताए । ‘अब संविधान संशोधन गर्ने बेला भएको छ,’ उनले भने, ‘प्रधानमन्त्रीले अली बढी नै माया गरेर हुनुपर्छ कानुन मन्त्रालय पठाउनुभयो।’

मन्त्रालय हेरफेर गर्ने अधिकार पनि प्रधानमन्त्रीलाई भएकोले मन्त्रीसँग खासै परामर्श गरिराख्नु नपर्ने उनले बताए। मन्त्री यादव निजी गाडी चढेर मन्त्रालय पुगेका थिए।

प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनर्गठन गर्दै यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जिम्मेवारी हेरफेर गरी कानुन मन्त्रालय र्पुयाएका थिए।

मन्त्रीमण्डल पुनर्गठन गर्दा भारतमा रहेका यादवले आफूहरूसँग परामर्श नगरी प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन गरेको भन्दै असन्तुष्टि जनाएका थिए । उनलाई समाजवादी पार्टीभित्र सरकार छाड्न दवाव थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?