क्वारेन्टाइनमा बसेकी अविवाहित युवतीले जन्माइन मृत शिशु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १२, २०७७
|
|
३५ पटक हेरिएको
Shares
क्वारेन्टाइनमा बसेकी अविवाहित युवतीले जन्माइन मृत शिशु

सारांश

  • उदयपुरबाट आएर ओखलढुङ्गाको रामपुरमा क्वारेन्टाइनमा बसेकी एक अविवाहित युवतीले मृत शिशुलाई जन्म दिएकी छन्।
  • मोलुङ गाउँपालिका–१ की १६ वर्षीया अविवाहित युवतीले क्वारेन्टाइनमा बसेकै बेला बच्चा जन्माएकी हुन्।
  • मङ्गलबार साँझ क्वारेन्टाइनमा ल्याइएकी युवतीको स्वास्थ्यमा बुधबार समस्या देखिएको थियो।

उदयपुरबाट आएर ओखलढुङ्गाको रामपुरमा क्वारेन्टाइनमा बसेकी एक अविवाहित युवतीले मृत शिशुलाई जन्म दिएकी छन्। मोलुङ गाउँपालिका–१ की १६ वर्षीया अविवाहित युवतीले क्वारेन्टाइनमा बसेकै बेला बच्चा जन्माएकी हुन्। मङ्गलबार साँझ क्वारेन्टाइनमा ल्याइएकी युवतीको स्वास्थ्यमा बुधबार समस्या देखिएको थियो। केही समयपछि मृत शिशु जन्मिएको गाउँपालिकाका सूचना अधिकारी गोपाल नेपालले जानकारी दिए।

शिशुको मृत्यु भइसकेको र आमाको स्वास्थ्यमा थप समस्या देखिएपछि ओखलढुङ्गा सामुदायिक अस्पताल पठाइएको उनको भनाइ छ। अघिल्लो दिन उदयपुरबाट आएको हुनाले क्वारेन्टाइनमा राख्ने भनेर ल्याइयो। भोलिपल्ट बच्चा पो जन्मियो। समय नपुगी जन्मिएर होला शिशु खासै स्वस्थजस्तो थिएन, उनले भने, मृत शिशु प्रहरीको जिम्मा लगायौैँ र आमालाई यहाँको स्वास्थ्य संस्थामार्फत अस्पतालमा सिफारिस गरिएको छ।

क्वारेन्टाइनमा बच्चा जन्माउने युवतीलाई अहिले ओखलढुङ्गा सामुदायिक अस्पतालको आइसोलेसनमा राखिएको छ। रक्तस्रावको केही समस्या भए पनि युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

कोरोनाको डरले शिशुको शव परीक्षण भने गरिएको छैन। आमा केही दिनअघि मात्रै उदयपुरबाट आएकाले कोरोनाको सङ्क्रमण हुनसक्ने डरले परीक्षण नगरेको बुझिएको छ। शिशुको शव परीक्षण गरे÷नगरेको विषयमा इलाका प्रहरी कार्यालय वरुणेश्वरका प्रहरी निरीक्षक श्रीप्रसाद राईले कुनै प्रतिक्रिया दिएनन्। अविवाहित भनिएकी युवतीले मृत शिशु जन्माएकी हुन्। अहिलेलाई यत्ति भनौँ। शिशुको शव परीक्षणलगायतका कुरा पछि गरौँला नत्र माथिल्लो निकायमा सोध्नुस्, प्रहरी निरीक्षक राईले भने। रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालुवाटारबाटै प्रधानमन्त्री अाेलीले देश चलाउने
बालुवाटारबाटै प्रधानमन्त्री अाेलीले देश चलाउने
विश्वकप फुटबल २०१८: ब्राजिल भर्सेस मेक्सिको, कसले मार्ला बाजी ?
विश्वकप फुटबल २०१८: ब्राजिल भर्सेस मेक्सिको, कसले मार्ला बाजी ?
म हुन्थे भनें प्रधानमन्त्रीबाट राजीनामा दिएर पार्टी जोगाउँथेँ; वामदेव गौतम
म हुन्थे भनें प्रधानमन्त्रीबाट राजीनामा दिएर पार्टी जोगाउँथेँ; वामदेव गौतम
पेरिस ओलम्पिकमा दक्षिण कोरियाली शार्पसुटर सुन्दरीको चर्चा
पेरिस ओलम्पिकमा दक्षिण कोरियाली शार्पसुटर सुन्दरीको चर्चा
पूर्वराजा ज्ञानेन्द्र भारत जाँदै, यस्तो छ कार्यक्रम
पूर्वराजा ज्ञानेन्द्र भारत जाँदै, यस्तो छ कार्यक्रम
एम्बुलेन्स र ट्रकले  ठाेक्किँदा ६ जनाको मृत्यु
एम्बुलेन्स र ट्रकले ठाेक्किँदा ६ जनाको मृत्यु
नेपाल र कोरियाका विद्यार्थीबीच शैक्षिक तथा सांस्कृतिक आदानप्रदान
नेपाल र कोरियाका विद्यार्थीबीच शैक्षिक तथा सांस्कृतिक आदानप्रदान
असार १९ गते शुक्रवारको राशिफल यस्तो छ
असार १९ गते शुक्रवारको राशिफल यस्तो छ
अजिङ्गरको उद्धार
अजिङ्गरको उद्धार
कोशी सरकारविरुद्धको रिटमा सर्वोच्चले भन्योः ‘अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार देखिँदैन’
कोशी सरकारविरुद्धको रिटमा सर्वोच्चले भन्योः ‘अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार देखिँदैन’