हल्लाको पछि लाग्नेले मारे हाब्रे

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ८, २०७६
|
|
४१ पटक हेरिएको
Shares
हल्लाको पछि लाग्नेले मारे हाब्रे

सारांश

  • काठमाडौँ, ८ फागुन ।
  • देशका विभिन्न भागमा हाब्रे (रेडपान्डा) का छाला र अन्य अंग बरामद हुने गरे पनि तिनको विदेश निकासी भएको देखिएको छैन ।
  • औषधिलगायत अन्य प्रयोजनमा पनि उपयोग भएको पाइएको छैन ।

काठमाडौँ, ८ फागुन । देशका विभिन्न भागमा हाब्रे (रेडपान्डा) का छाला र अन्य अंग बरामद हुने गरे पनि तिनको विदेश निकासी भएको देखिएको छैन । औषधिलगायत अन्य प्रयोजनमा पनि उपयोग भएको पाइएको छैन । अनुसन्धानकर्ताले भने अंग बेच्दा पैसा आउँछ भन्ने हल्लाको पछि लागेर हाब्रे मारिने गरेको निष्कर्ष निकालेका छन् ।

अस्ट्रेलियाको ‘युनिभर्सिटी अफ क्विन्सल्यान्ड’ बाट हाब्रेमा विद्यावारिधि गरिरहेका डम्बर विष्टले १० वर्षे अध्ययनमा हाब्रेका कुनै पनि अंग विदेश निकासी भएको नदेखिएको बताए । उनले सन् २००८ देखि २०१८ सम्मका हाब्रेका अंग बरामदसम्बन्धी १२१ वटा घटना केलाएका थिए । उनले भने, ‘प्रतिशोधका रूपमा लिएर मान्छेले मारेका हुन् कि भनेर हेर्दा पनि त्यस्तो पाइएन ।’ विष्टको हाब्रेसम्बन्धी आलेख सोमबार इंल्यान्डको ‘ह्युम्यान डाइमेन्सन अफ वाइल्डलाइफ’ जर्नलमा छापिएको छ । विष्टका अध्ययनमा वन्यजन्तु अपराधबारे प्रहरीले अनुसन्धानका क्रममा प्रयोग गरेको रणनीति ९छाला वा अंग ल्याए रकम० का कारण मान्छेले हाब्रे मार्ने गरेको पाइएको छ । ‘प्रहरीका कतिपय रणनीति र तालिममा वन्यजन्तुका अंगको बजारमा बढ्दो माग छ भन्दै पैसा तोकेरै उदाहरण दिँदा सर्वसाधारणलाई पैसा कमाउन अभिप्रेरित गरेको देखिन्छ,’ विष्टको आलेखमा उल्लेख छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक गोपालप्रकाश भट्टराईले छाला भेटिए पुरस्कार दिने भनेर प्रहरीले प्रोपोगान्डा गरेपछि सिकार झनै बढेको बताए । ‘हाब्रेको अन्तर्रा्ष्ट्रिय बजार र निकासीकर्ताको नेटवर्क भेटिएको छैन,’ उनले भने, ‘सोझो र हानिरनोक्सानी नगर्ने भएकाले मान्छेले धेरै हाब्रे मारे ।’ रेडपान्डा नेटवर्क नेपालमार्फत विष्टले नेपालका ३३ जिल्लामा हाब्रेको अध्ययन गरेका थिए । २४ जिल्लामा हाब्रेको अवशेष रहेको पाइएको छ । ७० प्रतिशत हाब्रे संरक्षण क्षेत्र बाहिर छन् । नेटवर्कका राष्ट्रिय प्रतिनिधि आङफुरी शेर्पाले चीनसँग जोडिएका तातोपानी, रसुवागढीलगायत पश्चिमका नाकामा हेर्दा हाब्रेको निकासी नदेखिएको बताए । ‘काठमाडौंभित्रै धेरै बरामद भएको देखिन्छ । अन्यत्र लगेको र यसको नेटवर्क रहेको पनि पाइएन,’ उनले भने । दुई हजार मिटरभन्दा बढी उचाइमा पाइने हाब्रे ‘राष्ट्रिय निकुञ्ज ऐन २०२९’ ले संरक्षित सूचीमा राखेको छ । हाब्रे र मानवबीच द्वन्द्व छैन । हाब्रे मांसाहारी हो । (कान्तिपुर दैनिकबाट)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश १ मा एनालग टेलिभिजन सबै बन्द, अन्य जिल्लामा पनि अनालग टिभी बन्द गराइँदै
प्रदेश १ मा एनालग टेलिभिजन सबै बन्द, अन्य जिल्लामा पनि अनालग टिभी बन्द गराइँदै
गृहनगरमा प्रधानमन्त्रीको व्यस्त दैनिकी
गृहनगरमा प्रधानमन्त्रीको व्यस्त दैनिकी
‘अत्यावश्यक बाहेक घरबाहिर ननिस्कनू’ एसइई स्थगित, विद्यालय तथा क्याम्पसमा पठनपाठन बन्द
‘अत्यावश्यक बाहेक घरबाहिर ननिस्कनू’ एसइई स्थगित, विद्यालय तथा क्याम्पसमा पठनपाठन बन्द
धनगढीमा बम विस्फोट
धनगढीमा बम विस्फोट
सन्तानलाई निःशुल्क कृषि, कम्प्युटर, इलेक्ट्रिकल, सिभिल इन्जिनियरिङ पढाउने भए कक्षा नौदेखि सरकारी स्कूल पढाउनुस !
सन्तानलाई निःशुल्क कृषि, कम्प्युटर, इलेक्ट्रिकल, सिभिल इन्जिनियरिङ पढाउने भए कक्षा नौदेखि सरकारी स्कूल पढाउनुस !
थप ६ जना कोरोना संक्रमितको मृत्यु पुष्टि
राप्रपामा सकृय सदस्यता फारम बितरण अभियान शुरु, कमल थापाले बुझे फारम
राप्रपामा सकृय सदस्यता फारम बितरण अभियान शुरु, कमल थापाले बुझे फारम
किसानलाई राहत उपलब्ध गराउन सिफारिस
किसानलाई राहत उपलब्ध गराउन सिफारिस
द्वन्द्वकालमा विस्थापित प्रहरी चौकी पुनःस्थापना
द्वन्द्वकालमा विस्थापित प्रहरी चौकी पुनःस्थापना
‘जिउलोमा खेती गर्नुभन्दा पाटनमा यार्सा टिप्न सहज’
‘जिउलोमा खेती गर्नुभन्दा पाटनमा यार्सा टिप्न सहज’

तपाईंले छुटाउनुभयो कि?