माेदीकाे स्वागतमा खटिएका एक व्यक्ति पक्राउ !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २०, २०७५
|
|
२१ पटक हेरिएको
Shares
माेदीकाे स्वागतमा खटिएका एक व्यक्ति पक्राउ !

सारांश

  • अस्बिन खड्का,२० वैशाख ।
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न भ्रमण नजिकिँदै गर्दा भारतीय उच्च सुरक्षा अधिकारी तथा कुटनीतिक अधिकारीहरु जनकपुरमा सक्रिय भएका छन् ।
  • उनीहरु मोदीको स्वागत तथा सुरक्षा अवस्था प्रति केन्द्रित छन् ।

अस्बिन खड्का,२० वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न भ्रमण नजिकिँदै गर्दा भारतीय उच्च सुरक्षा अधिकारी तथा कुटनीतिक अधिकारीहरु जनकपुरमा सक्रिय भएका छन् । उनीहरु मोदीको स्वागत तथा सुरक्षा अवस्था प्रति केन्द्रित छन् ।

मोदीको सुरक्षा सर्तकतालाई मध्यनजर गर्दै भारतीय उच्च सुरक्षा अधिकारी सक्रिय भएको अवस्थामा नेपाल प्रहरीले गुप्तचरको आशंकामा एक जनालाई पक्राउ गरेको छ ।

गृह मन्त्री रामबहादुर थापा मोदीको स्वागत तथा सुरक्षा तयारी कडा पार्न स्थलगत अवलोकनको लागि जनकपुर आएकाे समयमा निकै सक्रिय देखिएका जीवन साहलाई जनकपुरको किशोरी नगरबाट नेपाल प्रहरीले आशंकाको आधारमा नियन्त्रणमा राखेकाे साेतले बताएककाे छ ।

गृह मन्त्री थापाको अनुगमनको क्रममा साह सम्पूर्ण कार्यक्रममा सहभागी भएका थिए । प्रहरी नियन्त्रणमा रहेको साहसंग दुई वटा पासपोर्ट, मोबाईल, विभिन्न कागजातहरु फेला परेको प्रहरी श्रोतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले साहको विवरण गोप्य राखेर अनुसन्धान गरिरहेको बताईएको छ । यसैबीच नयाँ दिल्लीबाट आएको भारतीय प्रधानमन्त्री कार्यालयका स्पेसल प्रोटेक्सन गु्रपका आईजीपी, विदेश मन्त्रालयका अधिकारी, भारतीय वायुसेनाका अभिनिल राय र राजदूत मञ्जीभ सिंह पुरी लगायतको टोलीले जनकपुर आएर सुरक्षा व्यवस्था र तयारीबारे जानकारी लिएका छन् ।

 

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Justin Biral

    ? gσσ∂? є∂ιтιиg? σf☺ уσυя? ρнσтσ? ? Shikhar? News

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

    Comment Author

    Asbin Khadka

    good job nepal police

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?