कलाकार संघको अध्यक्षमा सरीता र लयको उम्मेद्वारी
सारांश
- चैत २३ गते हुन लागेको चलचित्र कलाकार संघको निर्वाचनमा अध्यक्ष पदमा दुई जनाले उम्मेदवारीको घोषणा गरेका छन् ।
- अध्यक्ष पदका लागि सरिता लामिछाने र लय संग्रौलाले उम्मेदवारी घोषणा गरेका हुन् ।
- सरिता संघकी महासचिव हुन् भने लयले यस अघिको निर्वाचनमा अध्यक्ष पदमा पराजित भएका थिए ।
चैत २३ गते हुन लागेको चलचित्र कलाकार संघको निर्वाचनमा अध्यक्ष पदमा दुई जनाले उम्मेदवारीको घोषणा गरेका छन् । अध्यक्ष पदका लागि सरिता लामिछाने र लय संग्रौलाले उम्मेदवारी घोषणा गरेका हुन् ।
सरिता संघकी महासचिव हुन् भने लयले यस अघिको निर्वाचनमा अध्यक्ष पदमा पराजित भएका थिए । उनी स्वर्गीय रामकेशर बोगटीसँग पराजित भएका थिए ।
सरिता र लय दुबैले फेसबुकमार्फत् अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । लयले प्रतिबद्धतासहित उम्मेदवारी घोषणा गरेका छन् ।
उता, सरिताले उम्मेदवारी मात्र घोषणा गरेकी छन् । सरिताले केही दिन भित्रै पत्रकार सम्मेलन गरेर आफ्नो प्रतिवद्धता सहित उम्मेद्वारी घोषणा गर्ने तयारी गरिरहेकी छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया