सरकारले मृतक परिवारलाई १ लाख रुपियाँ राहत दिने
सारांश
- भक्तपुर, २९ असार – भक्तपुर चाँगुनारायण मझुवामा हिजो पहिरोले टहरा पुरेर मृत्यु भएका परिवारलाई सरकारले १ लाख रुपियाँ राहत दिने भएको छ ।
- चाँगुनारायण नगरपालिका–७ मझुवामा बिहीबार बिहान आएको पहिराले टहरा पुरेर मृत्यु एकै परिवारका ३ जनाको मृत्यु भएको थियो ।
- जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले प्रकोपपीडित उद्धार र राहतसम्बन्धी मापदण्ड अनुसार लामा परिवारलाई एक लाख राहत दिने निर्णय गरेको हो ।
भक्तपुर, २९ असार – भक्तपुर चाँगुनारायण मझुवामा हिजो पहिरोले टहरा पुरेर मृत्यु भएका परिवारलाई सरकारले १ लाख रुपियाँ राहत दिने भएको छ । चाँगुनारायण नगरपालिका–७ मझुवामा बिहीबार बिहान आएको पहिराले टहरा पुरेर मृत्यु एकै परिवारका ३ जनाको मृत्यु भएको थियो ।
जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले प्रकोपपीडित उद्धार र राहतसम्बन्धी मापदण्ड अनुसार लामा परिवारलाई एक लाख राहत दिने निर्णय गरेको हो । टहरा पुरिँदा एकै परिवारका ७० वर्षीय हीरा लामा, ६५ वर्षीया पानमाया र साढे दुई वर्षीया सम्पदा गरी तीन जनाको मृत्यु भएको थियो ।
समितिको बैठकले डुबानका कारण विस्थापितलाई खाद्यान्न, स्वच्छ खानेपानी, लत्ताकपडालगायत राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित स्थानीय तहको संयोजनमा अन्य सरोकारा भएका निकाय तथा संघसंस्थाको समन्वयमा एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने निर्णयसमेत गरेको छ ।
डुबान क्षेत्रमा रोगको प्रकोप फैलन नदिन जिल्ला जनस्वास्थ्य कार्यालयको संयोजनमा आवश्यक तयारी गर्ने र भविष्यमा आइपर्ने विपद्मा छिटो उद्धार गर्न स्थानीय तहका प्रमुख र सुरक्षा निकायका प्रमुख सम्मिलित ‘क्विक रेस्पोन्स टिम’ गठन गर्ने निर्णयसमेत भएको छ ।
प्रतिक्रिया