हावाहुरी र असिनापानीले बालीनालीमा असर

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १८, २०७५
|
|
२७ पटक हेरिएको
Shares
हावाहुरी र असिनापानीले बालीनालीमा असर

सारांश

  • दाङ, १८ वैशाख, आइतबार राति परेको असिना पानी र हावाहुरीले जिल्लाका विभिन्न भागमा लाखौँको बालीनालीमा क्षति भएको छ ।
  • असिना पानीले देउखुरीको लमहीको कोलही क्षेत्रदेखि गढवा क्षेत्र तथा अन्य क्षेत्रमा लगाइएका तरकारी बालीमा व्यापक क्षति पु¥याएको त्यहाँका किसानले बताएका हुन् ।
  • देउखुरीमा बेमौसमी खेतीका रुपमा प्रख्यात बगर खेतीमा फल्न थालेका बोडी, भिन्डी, करेला र लौका खेतीमा व्यापक क्षति पु¥याएपछि त्यहाँका किसान निराश छन् ।

दाङ, १८ वैशाख, आइतबार राति परेको असिना पानी र हावाहुरीले जिल्लाका विभिन्न भागमा लाखौँको बालीनालीमा क्षति भएको छ ।

असिना पानीले देउखुरीको लमहीको कोलही क्षेत्रदेखि गढवा क्षेत्र तथा अन्य क्षेत्रमा लगाइएका तरकारी बालीमा व्यापक क्षति पु¥याएको त्यहाँका किसानले बताएका हुन् । देउखुरीमा बेमौसमी खेतीका रुपमा प्रख्यात बगर खेतीमा फल्न थालेका बोडी, भिन्डी, करेला र लौका खेतीमा व्यापक क्षति पु¥याएपछि त्यहाँका किसान निराश छन् ।

‘‘आइतबारको असिना पानीले खेतबारीको सबै तरकारी खेती नष्ट गरिदिएको छ, अब हातमुख जोर्ने विकल्पसमेत रहेन”, तरकारी किसान कुन्ती चौधरीले भन्नुभयो । उहाँ जस्तै देउखुरीमा व्यावसायिक तरकारी खेती गर्ने करीब १०० भन्दा बढी परिवार यसबाट प्रभावित भएका छन् । त्यसैगरी रामपुरको बुका क्षेत्रमा पनि बेमौसमी तरकारी खेती हावाहुरी र असिनाले सखाप बनाएको त्यहाँका किसानले बताएका छन् ।
बेमौसमी तरकारी बालीमा क्षति पु¥याएसँगै सोमबारदेखि देउखुरीमा तरकारीको भाउ अचाक्ली बढेको उपभोक्ताले बताएका छन् । तरकारीको मूल्य पनि करीब दोब्बर महँगो भएको लमहीकी उपभोक्ता यमुना केसीले बताउनुभयो ।

हावाहुरीसँगै जिल्लाको जनजीवनसमेत प्रभावित भएको छ । असिना, हावाहुरी र चट्याङले जिल्लाका विभिन्न क्षेत्रमा विद्युत्का पोलमा क्षति पु¥याउँदा आइतबार रातिदेखि विद्युत् सेवा कहीँ ठप्प तथा कहीँ अनियमित रुपमा प्रसारण भइरहेको छ ।

विद्युत् सेवा अवरुद्ध हुँदा जिल्लाका सञ्चारमाध्यम सबैभन्दा प्रभावित भएका छन् । कहाँ विग्रिएको छ छ भन्ने पत्ता लगाउन विद्युत्का प्राविधिकलाई समेत हम्मेहम्मे परेको जिल्ला विद्युत् कार्यालयले जनाएको छ ।

यसैबीच असिना पानी परेपछि पहाडी क्षेत्र तथा पश्चिम दाङका किसान भने खुशी भएका छन् । मकैबालीका लागि वैशाख १५ पछि उत्तम मानिने भन्दै यही वर्षात्को अवसर छोपी मकैबाली लगाउन थालिएको त्यहाँका स्थानीयवासीले बताएका छन् ।

वैशाख पहिलो सातादेखि नै त्यहाँका किसानले मल बीउ र बर्खे तरकारीलगायतको जोहो गरिसकेका हुन्छन् । त्यसैगरी पहाडी क्षेत्रमा समेत मकैबाली लगाउन शुरु गरिएको त्यहाँका किसानले जनाएका छन् । मध्य दाङको समथर भागमा भने जेठ पहिलो सातालाई मात्रै मकैबालीका लागि उपयुक्त मौसमका रुपमा लिइँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कस्तो छ पशुपति प्रसाद २ भष्मे डन ? दर्शक भन्छन्- रुने पनि हाँस्ने पनि एकैपटक भयो
कस्तो छ पशुपति प्रसाद २ भष्मे डन ? दर्शक भन्छन्- रुने पनि हाँस्ने पनि एकैपटक भयो
चित्रबहादुर केसीको खुलासाः मोदी प्रचण्डलाई प्रधानमन्त्री बनाउँदैछन्
चित्रबहादुर केसीको खुलासाः मोदी प्रचण्डलाई प्रधानमन्त्री बनाउँदैछन्
मधेसको बिकाश हैन मुद्दा चाहिएकोछ मधेसी मोर्चालाई :सञ्जीवकुमार झा
मधेसको बिकाश हैन मुद्दा चाहिएकोछ मधेसी मोर्चालाई :सञ्जीवकुमार झा
विपन्न परिवारलाई नयाँ घर
विपन्न परिवारलाई नयाँ घर
निर्वाचनको समाचार संकलन कार्य सहज हुनुपर्ने – महासचिव विष्ट
निर्वाचनको समाचार संकलन कार्य सहज हुनुपर्ने – महासचिव विष्ट
प्रमुख पदमा एकैजना महिला उम्मेदवार
साफ च्याम्पियनसिप फूटबलः अनन्तले दिलाए नेपाललाई अग्रता !
साफ च्याम्पियनसिप फूटबलः अनन्तले दिलाए नेपाललाई अग्रता !
महाभारतका पात्र धृतराष्ट्र, गान्धारी र कुन्तिको निधन कसरी भयो ?
महाभारतका पात्र धृतराष्ट्र, गान्धारी र कुन्तिको निधन कसरी भयो ?
अमेरिकी अदालतमा नेपालीका मुद्दाहरु पेन्डिङ हुनुकाे कारण यस्ताे पाे ?(एक्सक्लुसिभ)
अमेरिकी अदालतमा नेपालीका मुद्दाहरु पेन्डिङ हुनुकाे कारण यस्ताे पाे ?(एक्सक्लुसिभ)
शेर्पा विद्यार्थी संघको १२औँ महाधिवेसन सम्पन्न, डेमा छिरिङ बनिन् नयाँ अध्यक्ष
शेर्पा विद्यार्थी संघको १२औँ महाधिवेसन सम्पन्न, डेमा छिरिङ बनिन् नयाँ अध्यक्ष

तपाईंले छुटाउनुभयो कि?