तस्विरमा यस्तो देखियो सूर्यग्रहरण
सारांश
- सूर्य ग्रहण लागेको छ।
- यो ग्रहण वलय (पुरै सूर्य ढाक्ने) सूर्यग्रहण भए पनि नेपालबाट खण्डग्रास (केही भाग) मात्र देखिएको छ।
- नेपालमा बिहान १०ः ५५ देखि सुरू भएको ग्रहण अपराह्न २ः २४ बजे समाप्त हुनेछ।
सूर्य ग्रहण लागेको छ। यो ग्रहण वलय (पुरै सूर्य ढाक्ने) सूर्यग्रहण भए पनि नेपालबाट खण्डग्रास (केही भाग) मात्र देखिएको छ। नेपालमा बिहान १०ः ५५ देखि सुरू भएको ग्रहण अपराह्न २ः २४ बजे समाप्त हुनेछ। शास्त्रीय मान्यताअनुसार शनिबार राति १०ः५० देखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ ।
ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ। ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरीमा र यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया