हिमालय एयरलाइन्सले भित्र्यायो नयाँ जहाज

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २०, २०७६
|
|
५६ पटक हेरिएको
Shares
हिमालय एयरलाइन्सले भित्र्यायो नयाँ जहाज

सारांश

  • काठमाडाैं।
  • नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले ‘ए’ ३१९–११५ नामक नयाँ जहाज भित्र्याएको छ।
  • उच्च स्थान भएको गन्तव्यमा उडान गर्ने सो जहाजको क्षमता रहेको जनाइएको छ।

काठमाडाैं। नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले ‘ए’ ३१९–११५ नामक नयाँ जहाज भित्र्याएको छ।
उच्च स्थान भएको गन्तव्यमा उडान गर्ने सो जहाजको क्षमता रहेको जनाइएको छ।  सो एयरलाइन्सले आफ्नो पाँचौँ वार्षिकोत्सवका अवसरमा अर्को नयाँ जहाज थप गरेको घोषणा गरेको हो। क्याप्टेन हाओ दीले चीनको तियानजिन बिन्हाई अन्तरराष्ट्रिय विमानस्थलबाट सो जहाज काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गएराति अवतरण गराएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ।
सो कम्पनीसँग तीन एअरबस ए३२०–२१४ र एक एयरबस ए३१९–११५ गरी चारवटा जहाज भएका छन्। एयरबस ए३१९–११५ छोटोदेखि मध्यम दूरीको उडान भर्ने एयरबस ए–३२० परिवारकै जहाज हो। एयरबस कम्पनीद्वारा निर्मित यो जहाजमा न्यारो–बडी, दुई इन्जिनयुक्त जेट विमान हो जस्ले व्यावसायिक यात्रीलाई ल्याउने–लाने गर्छ।
कूल आठ बिजनेस क्लास सिट र १२० इकोनोमी क्लास सिट क्षमता रहेको जहाजमा नयाँ र कुशल इन्जिन क्षमता रहेको र  १५ प्रतिशतसम्म इन्धन बचत गर्न सक्षम रहेको कम्पनीले उल्लेख गरेको छ। यो जहाजले उच्च स्थानमा रहेका तिब्बतका ल्हासा, अलि जस्ता गन्तव्यस्थलहरुमा उडान गरी  धेरैभन्दा धेरै यात्रुलाई सहज र सरलरुपमा सेवा प्रदान गर्नेछ।
सो एयरलाइन्सले मध्यपूर्वी मुलुकमा आफ्नो उपस्थिति बढाउँदै गएको छ। एयरलाइन्सका अध्यक्ष झोउ इन्योङले सन् २०२० मा कम्पनीको सञ्चाल विस्तार र नयाँ रुटहरु सञ्चालन गर्ने रणनीतिअनुरुप जहाज थपिएको बताउनुभएको विज्ञप्तिमा जनाइएको छ। उनले हिमालयलाई देश र मध्यपूर्वी क्षेत्रकै उत्कृष्ट एयरलाइन्सका रुपमा स्थापित गर्ने योजनाअनुरुप सन् २०२१ सम्म ए ३१९ का दुई जहाज थपिने बताए।

एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले नयाँ जहाजको प्रवेश संस्थाको जहाज थप गर्ने योजनामा एउटा कोशेढुङ्गा भएको बताए।  एयरलाइन्सले सन् २०१६ मे ३१ बाट ए ३२०–११४ सिरिजको १५८ सिट क्षमताको जहाजका साथ दोहा उडान गरेर आफ्नो हवाई यात्रा सुरु गरेको थियो। चार वर्षको अन्तरालमै एअरलाइन्सले ६ देशका १० वटा गन्तव्यस्थलमा आफ्नो सञ्जाल स्थापित गरिसकेको छ। एयरलाइन्सले आफ्नो अन्तर्राष्ट्रिय सञ्जालमा दोहा, दमाम, ढाका, क्वालालम्पुर, आबुधाबी र चीनको चाङसा, गुइयाङ, सेनजेन, बेइजिङ र चोङकिङमा उडान भर्दै आइरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थतन्त्र सुधारतर्फ सरकार प्रतिबद्ध : प्रधानमन्त्री प्रचण्ड
अर्थतन्त्र सुधारतर्फ सरकार प्रतिबद्ध : प्रधानमन्त्री प्रचण्ड
निर्मलाकी आमाले प्रधानमन्त्रीकै अगाडि यसरी पोखिन गुनासो
निर्मलाकी आमाले प्रधानमन्त्रीकै अगाडि यसरी पोखिन गुनासो
वाम तथा लोकतन्त्रिक गठबन्धनको घोषणापत्रमा कृषि क्षेत्र
वाम तथा लोकतन्त्रिक गठबन्धनको घोषणापत्रमा कृषि क्षेत्र
सौर्य एयरलाइन्सको विमान दुर्घटना: १७ जनाको शव आफन्तले बुझे
सौर्य एयरलाइन्सको विमान दुर्घटना: १७ जनाको शव आफन्तले बुझे
दरबार हत्याकाण्डमा हाम्रो परिवारलाई जोडेर घातक प्रहार गरियो : पूर्वराजा शाह
दरबार हत्याकाण्डमा हाम्रो परिवारलाई जोडेर घातक प्रहार गरियो : पूर्वराजा शाह
‘आधारभूत स्वास्थ्य सेवा लिन नै चार घण्टा हिँड्नुपर्छ ’
‘आधारभूत स्वास्थ्य सेवा लिन नै चार घण्टा हिँड्नुपर्छ ’
एनपीएल खेल्न भारतीय चर्चित क्रिकेटर शिखर धवन नेपाल आइपुगे
एनपीएल खेल्न भारतीय चर्चित क्रिकेटर शिखर धवन नेपाल आइपुगे
राष्ट्रिय जनता पार्टी नेपालको संसदीय दलकाे नेता चयन
राष्ट्रिय जनता पार्टी नेपालको संसदीय दलकाे नेता चयन
एक वर्ष नपुग्दै किन फुट्यो विवेकशील साझा! ‘पार्टीलाई धोका भएको’ निश्कर्ष
एक वर्ष नपुग्दै किन फुट्यो विवेकशील साझा! ‘पार्टीलाई धोका भएको’ निश्कर्ष
फागुन ४ गते मंगलवारको राशिफल यस्तो छ
फागुन ४ गते मंगलवारको राशिफल यस्तो छ