सागर आले आउट, प्रताप, निसान र बुद्ध टप तीनमा, बुद्ध लामालाई सर्बाधिक मत निशान भट्टराई तेस्रो
सारांश
- नेपाल आइडल’को अन्तिम चारको प्रतिस्पर्धाबाट आज सागर सागर आले आउट भएका छन् ।
- टप चारबाट तीनमा जाने यो भोटको नतिजा अत्यन्तै चर्चित र बिबादित पनि रह्यो ।
- भोट गणनाको बिबाद अदालतसम्म पनि पुग्यो ।
नेपाल आइडल’को अन्तिम चारको प्रतिस्पर्धाबाट आज सागर सागर आले आउट भएका छन् । टप चारबाट तीनमा जाने यो भोटको नतिजा अत्यन्तै चर्चित र बिबादित पनि रह्यो । भोट गणनाको बिबाद अदालतसम्म पनि पुग्यो । नयाँ भोटिङ नगराउनु भन्ने अदालतको आदेशपछि बिहिबारको सोमा भोटिङ खुला गरिएन। तर, पछिल्लो भोटिङमा कसले कति मत पाएको थियो भन्ने बिबरण प्राप्त गरेको छ । जसमा कसले अनलाइनबाट कति र एमएसएसबाट कति मत ल्याए भन्ने विस्तृत बिबरण छ । शुक्रबार आयोजकले अदालतमा बुझाएको बिबरणअनुसार पछिल्लोपटकको भोटिङमा बुद्ध लामाले सर्वाधिक मत पाएका छन् । भदौ १६ गते रातीदेखि १७ गते अपरान्ह १२ बजेसम्म एसएमएस र अनलाइनबाट प्राप्त भोटमध्ये लामाले सार्वाधिक अर्थात् ११ लाख ४५ हजार ५३८ मत पाएका छन् । यो मत दोस्रो नम्बरमा रहेका प्रताप दासको भन्दा झण्डै साढे दुई लाख बढि हो ।
बुद्धले एसएमएसबाट ६ लाख ९१ हजार ५७ मत पाएका छन् भने अनलाइन भोटिङबाट ४ लाख ५४ हजार ४ सय ८१ मत पाएका छन् । दोस्रो नम्बरमा रहेका प्रताप दासले ८ लाख ९३ हजार ३ सय ४७ मत पाएका छन् । उनले ७ लाख १४ हजार ९ सय ९९ मत एसएमएसबाट र १ लाख ७८ हजार ३ सय ४८ मत अनलाइनबाट पाएका छन् ।
तेस्रो नम्बरमा रहेका निशान भटराईले ८ लाख ७१ हजार ४ सय ८० मत पाएका छन् । उनले अनलाइनबाट ३ लाख ७१ हजार १४९ मत पाएका छन् भने एसएमएसबाट ५ लाख ३ सय ३१ मत पाएका छन् ।
चौथो नम्बरमा रहेका सागर आलेले ८ लाख ९ हजार ९ सय १५ भोट पाएका छन् । उनले एसएमएसबाट ४ लाख १९ हजार ८ सय ७५ मत पाएका छन भने अनलाइनबाट ३ लाख ९० हजार ४० मत पाएका छन् । एसएमएस र अनलाईन बाट कस्ले कति भोट पाए ? १) बुद्द लामा / एसएमएस बाट ६९१०५७ / अनलाईनबाट ४५४४८१/कुल ११४५५३८ मत प्राप्त गरे । २)प्रताप दास एसएमएस बाट ७१४९९९/अनलाईनबाट १७८३४८/ कुल ८,९३,३४७ मत प्राप्त गरे । ३)निसान भट्टराई एसएमएस बाट ५००३३१/अनलाईनबाट ३७१४९/ कुल ८,७१,४८० मत प्राप्त गरे । ४)सागर अाले एसएमएस बाट ४१९८७५ /अनलाईनबाट ३९००४०/कुल ८,०९,९१५ मत प्राप्त गरे । जम्मा कुल भोट ३७२०२८० भोट प्राप्त भएको थियो।
प्रतिक्रिया