टाउको दुखाइ माइग्रेन भएको कसरी थाहा पाउने ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ११, २०८०
|
|
३५ पटक हेरिएको
Shares
टाउको दुखाइ माइग्रेन भएको कसरी थाहा पाउने ?

सारांश

  • काठमाडौं ।
  • टाउको दुखेको अनुभव नै नभएको मानिस को होला रु टाउको दुख्नुका पछाडि धेरै कारण छन् ।
  • टाउको दुख्दै जाँदा कहिलेकाहीँ यसले खतरनाक मोड लिन पनि सक्छ ।

काठमाडौं । टाउको दुखेको अनुभव नै नभएको मानिस को होला रु टाउको दुख्नुका पछाडि धेरै कारण छन् । टाउको दुख्दै जाँदा कहिलेकाहीँ यसले खतरनाक मोड लिन पनि सक्छ ।

निरन्तर टाउको दुख्ने समस्या छ भने पछि गएर ब्रेनमा पानी जम्ने, ट्युमर पलाउने, रगत जम्ने सम्भावना हुन्छ । कहिलेकाहीँ रुघाखोकी, ज्वरो, पिनासका कारणले पनि टाउको दुख्ने गर्दछ । निरन्तर टाउको दुख्नुको अर्को कारण माइग्रेन पनि हो ।

के हो माइग्रेन ?

लामो समयसम्म लगातार एकनासले टाउको दुखिरहन्छ भने माइग्रेन भएको पनि हुन सक्छ । नसाको कमजोरीका कारण माइग्रेन हुने गर्छ । माइग्रेन हुँदा एक्कासि टाउको दुखाइ सुरु भएर लामो समयसम्म दुख्ने गर्दछ । जटिल खालको माइग्रेन हुँदा हात–खुट्टा नचल्ने, आँखा दुख्ने झम्झमाउनेजस्ता लक्षण देखा पर्दछन् ।

मस्तिष्कभित्र रक्तसञ्चार गर्ने नसा कुनै कारणले फुल्न थाल्छ, अनि टाउको दुखाइको मात्रा बढ्दै जान्छ । यो न्यरोलोजिकल समस्या हो । शरीरले गर्ने न्युरोट्रान्समिटरको उत्पादनका कारण पनि माइग्रेन हुने गर्दछ ।

यसकारण हुन्छ माइग्रेन

–माइग्रेन वंशानुगत रूपमा पनि हुन्छ ।
–मस्तिष्कमा जैविक रसायनको असन्तुलन हुँदा टाउको दुख्ने गर्दछ । माइग्रेन हुँदा मस्तिष्कको काममा परिवर्तन हुने गर्दछ । जसले गर्दा रक्तनली तथा मस्तिष्कवरिपरिका नसा सुन्निने गर्दछन् ।
– व्यापक हल्ला पनि माइग्रेनको कारण बन्न सक्छ । अधिक प्रकाश र अत्यधिक गर्मीले पनि माइग्रेन हुन्छ ।
–महिलाको शरीरमा प्रमुख हर्मोन परिवर्तनका कारण पनि माइग्रेन हुने गर्दछ । गर्भावस्था, महिनावारीको समय, महिनावारी सुक्ने समयमा महिलाको हर्मानल परिवर्तन हुने गर्छ । जसको कारण पनि टाउको दुख्ने गर्दछ । एक अध्ययनअनुसार माइग्रेनबाट पुरुषको तुलनामा महिला बढी प्रभावित हुन्छन् ।
–बढी मानसिक तनाव, चिया–कफीको अधिक सेवन, खानपानका कारण पनि माइग्रेन हुने गर्दछ ।

लक्षणहरू :

–माइग्रेन एउटा क्रोनिक ९लामो समयसम्म लागिरहने० रोग हो । जसले गर्दा यसका लक्षण वेलावेलामा बल्झिरहने हुन्छ । माइग्रेन भएपछि यो रोग पूर्ण रूपमा निको हुन लामो समय लाग्न सक्छ ।
–टाउकोको नसा धड्किरहेको जस्तो हुन्छ । अचानक टाउको एक भागबाट दुख्न सुरु गर्दछ । बिस्तारै टाउकाको पूरै भाग दुख्ने गर्दछ ।
–माइग्रेनको टाउको दुखाइले मानिसलाई छटपटी बनाउने गर्दछ ।
–माइग्रेन हुँदा बिरामीलाई आँखा दुख्नुका साथै बान्तासमेत हुने गर्दछ ।
–यस्तो समस्या भएको मानिस प्रकाश, ध्वनि र गन्ध परिवर्तनप्रति निकै संवेदनशील हुन्छन् ।

रोकथामका उपाय :

माइग्रेनको रोकथाम दुई किसिमबाट गर्न सकिन्छ । औषधि सेवन र जीवशैलीमा परिवर्तन । टाउको सहनै नसक्ने गरी दुखेमा डाक्टरको सल्लाह लिनुपर्दछ र कम गर्ने औषधि सेवन गनुपर्दछ । त्यसैगरी, शारीरिक व्यायाम गने, धूमपान, मध्यपान नगर्ने, स्वस्थकर खानेकुरा खानेजस्ता सावधानी अपनाएमा माइग्रेनबाट जोगिन सकिन्छ । एजेन्सी

(Klonopin)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँमा माइनस तीन डिग्री मापन
काठमाडौँमा माइनस तीन डिग्री मापन
मान्छेलाई भगवान मान्नेहरुले गर्दा आत्महत्या नै गर्नुपर्ने स्थिति !
मान्छेलाई भगवान मान्नेहरुले गर्दा आत्महत्या नै गर्नुपर्ने स्थिति !
मनाेरञ्जन : शिल्पाले ब्याकपोज दिएपछि किन पछि हटे राज कुन्द्रा ?
मनाेरञ्जन : शिल्पाले ब्याकपोज दिएपछि किन पछि हटे राज कुन्द्रा ?
न्यायपालिका सुधारमा छु : प्रधानन्यायाधीश जवरा
न्यायपालिका सुधारमा छु : प्रधानन्यायाधीश जवरा
कम्युनिष्ट पार्टीले सुरु गर्यो भ्रष्टचारीमाथि भौतिक कार्वाहि , पहिलो निसानामा परे रौतहटका मानध्वज थिङ
कम्युनिष्ट पार्टीले सुरु गर्यो भ्रष्टचारीमाथि भौतिक कार्वाहि , पहिलो निसानामा परे रौतहटका मानध्वज थिङ
मंगलबारको मौसम: कोशी प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम?
सुगौली सन्धि अघि नै कालापानी नेपाली भूभाग स्वीकारिएको गोप्य दस्तावेज फेला
सुगौली सन्धि अघि नै कालापानी नेपाली भूभाग स्वीकारिएको गोप्य दस्तावेज फेला
एपिएफलाई हराउँदै विवाइसी महिला गोल्डकपको उपाधि पुलिसलाई
एपिएफलाई हराउँदै विवाइसी महिला गोल्डकपको उपाधि पुलिसलाई
पेट्रोल डिजेलको भाउ कति रुपैयाँ घटयो ?
पेट्रोल डिजेलको भाउ कति रुपैयाँ घटयो ?
भ्रष्टाचारका अन्य फाइल खुल्छन्, यो राजनीतिक स्टन्ट होइन : प्रधानमन्त्री
भ्रष्टाचारका अन्य फाइल खुल्छन्, यो राजनीतिक स्टन्ट होइन : प्रधानमन्त्री