सरकार र गौर हत्याकाण्ड पीडितबीच सहमति

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २३, २०८०
|
|
२३ पटक हेरिएको
Shares
  सरकार र गौर हत्याकाण्ड पीडितबीच सहमति

सारांश

  • काठमाडौँ ।
  • सरकार र गौर हत्याकाण्डका पीडित सङ्घर्ष समितिबीच पाँचबुँदे सहमति भएको छ ।
  • गौर हत्याकाण्डको छानबिन र कारबाहीको मागसहित आन्दोलनरत समितिले सहमतिसँगै आन्दोलनका कार्यक्रम स्थगित गरेको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराइले जानकारी दिए ।

काठमाडौँ । सरकार र गौर हत्याकाण्डका पीडित सङ्घर्ष समितिबीच पाँचबुँदे सहमति भएको छ । गौर हत्याकाण्डको छानबिन र कारबाहीको मागसहित आन्दोलनरत समितिले सहमतिसँगै आन्दोलनका कार्यक्रम स्थगित गरेको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराइले जानकारी दिए ।

सङ्घर्ष समितिका अध्यक्ष रुपसागर देवी उपाध्याय र गृह मन्त्रालयबीच आज पाँच बुँदे सहमति भएको हो । मन्त्रालयका तर्फबाट सहसचिव एवं प्रवक्ता भट्टराई र सङ्घर्ष समितिका अध्यक्ष उपाध्यायले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

सहमतिपत्रमा अनुसार गौर घटनाको विषयमा दर्ता भएको जाहेरी समेतलाई छानबिन र अनुसन्धान गरी तथ्य र प्रमाणको आधारमा दोषीलाई कारबाहीको प्रक्रिया अघि बढाउने भनिएको छ । यस्तै, उक्त घटनामा मृत्युवरण गरेर सहिद घोषणा गरिएका व्यक्तिको विवरण नेपाल राजपत्रमा प्रकाशन गर्ने र छुटेकालाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाउने सहमति भएको छ ।

रौतहट जिल्लामा सहिद स्मारकस्तम्भ निर्माणको प्रक्रिया चालु आर्थिक वर्षमा अघि बढाउने, घाइते भएका उपचाररत व्यक्तिलाई उपचारको लागि उचित प्रबन्ध तथा आर्थिक सहायता उपलब्ध गराउनेमा सहमति भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?