१०० वर्ष पुग्न लागेका राष्ट्रका दुईजना ‘बा’
सारांश
- काठमाडौं – उमेर दुवैको उस्तै छ ।
- हिँडाइ र कुरा गर्दाको हाउभाउ पनि उस्तै।
- झट्ट हेर्दा यी दुवै उमेरले शताब्दीको सँघारमा छन् जस्तो लाग्दैन ।
काठमाडौं – उमेर दुवैको उस्तै छ । हिँडाइ र कुरा गर्दाको हाउभाउ पनि उस्तै। झट्ट हेर्दा यी दुवै उमेरले शताब्दीको सँघारमा छन् जस्तो लाग्दैन । दुवैसँग भलाकुसारी गर्दा वृद्धपनको आभासै हुँदैन। कुराकानी गर्दा तन्नेरी ओझ देखिए पनि उमेरले दुवैजना सय वर्ष हाराहारीमा छन्। राष्ट्रकवि माधवप्रसाद घिमिरे आउँदो असोज ७ गते ९९ वर्ष पुगी सय वर्षमा पाइला टेक्दैछन्। शताब्दी तथा वाङ्मय पुरुषको उपमा पाएका सत्यमोहन जोशी गएको वैशाखमा ९८ पूरा भई ९९ वर्षमा प्रवेश गरेका छन्। यी दुई व्यक्तित्व समकालीन हुन्। यिनीहरुको उमेरमा जम्मा १ वर्ष ५ महिनाको फरक छ। उमेर अनि योगदानले पनि यी दुवै व्यक्तित्व राष्ट्रका ‘बा’ हुन्।
देशको छवि उँचो राख्न दुवै सर्जककको उत्तिकै योगदान छ। राष्ट्रका लागि दुवैजनाले शारीरिक र मानसिक शक्ति सुम्पिएका छन्। संस्कृतिविद् जोशी संस्कृति र भाषाको क्षेत्रका अनुसन्धानकर्ता हुन् भने घिमिरेले नेपाली साहित्को ढुकुटी भर्न अतुलनीय योगदान गरेका छन्। दुवैजना बुढ्यौलीको महसुसै नगरी कला, संस्कृति र साहित्यबारे नयाँ पुस्तालाई जानकारी गराउन अहिले पनि तम्तयार छन्।
संस्कृतिविद् जोशी तीनपटकका मदन पुरस्कार विजेता हुन्। उनका प्रबन्ध तथा अनुसन्धानात्मक कृति १०, नाटक ६, काव्य २ र कथासंग्रह पाँचवटा प्रकाशित भइसकेका छन्। उनी अझै केही कृति छपाउने तर्खरमा छन्।
आजको नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया