१० वर्षमा हुन नसकेको काम १० दिनमा !

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २२, २०७५
|
|
५१ पटक हेरिएको
Shares
१० वर्षमा हुन नसकेको काम १० दिनमा !

सारांश

  • जनकपुर,२२ वैशाख ।
  • दैनिक हजारौं बिरामी उपचार गर्न आउने जनकपुर अञ्चल अस्पताल १० वर्षदेखि फोहोरका कारण दुर्गन्धित छ।
  • यो ठाउँको सुधारका लागि न अस्पताल प्रशासन गम्भीर बन्यो न त स्थानीय तह नै।

जनकपुर,२२ वैशाख । दैनिक हजारौं बिरामी उपचार गर्न आउने जनकपुर अञ्चल अस्पताल १० वर्षदेखि फोहोरका कारण दुर्गन्धित छ। यो ठाउँको सुधारका लागि न अस्पताल प्रशासन गम्भीर बन्यो न त स्थानीय तह नै।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने भएपछि भने १० वर्षमा हुन नसकेको काम १० दिनमा सम्पन्न गर्ने तत्परता देखिएको छ।

अस्पताल क्षेत्रलाई सफा र व्यवस्थित बनाउन स्थानीय अगुवाले नगरपालिका समक्ष माग गर्दै आए पनि अवस्था जस्ताको त्यस्तै थियो। मोदीले पूजापाठ गर्ने जानकी मन्दिर र अभिनन्दनस्थल बाह्रबिघा मैदानको बीचमा पर्ने अस्पताल क्षेत्रलाई अहिले फोहोरमुक्त बनाउन कामदार खटाइएका छन्।

मोदी त्यही बाटो जाने भएपछि सडकलाई सुन्दर र सफा बनाउन लागिएको हो। जनकपुर उपमहानगरपालिकाले अहिले अस्थायी रुपमा सकडक र नाला निर्माणको काम गरिरहेको छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Rk Paul Tmg

    Modi kutta murdabad lampasarbadi kp oli murdabad

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?