११ वर्षपछि प्रचण्ड-विप्लवबीच मिलनको संवाद

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ८, २०८०
|
|
२४ पटक हेरिएको
Shares
११ वर्षपछि प्रचण्ड-विप्लवबीच मिलनको संवाद

सारांश

  • काठमाडौं, असार ८ ।
  • नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ११ वर्षपछि मिलनको संवाद शुरू भएको छ ।
  • विगतमा लामो समय एउटै राजनीतिक यात्रामा हिँडेका प्रचण्ड–विप्लवबीचको सम्बन्ध टुटेको ११ वर्षपछि फेरि मिलनको संवाद शुरू भएको हो ।

काठमाडौं, असार ८ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ११ वर्षपछि मिलनको संवाद शुरू भएको छ । विगतमा लामो समय एउटै राजनीतिक यात्रामा हिँडेका प्रचण्ड–विप्लवबीचको सम्बन्ध टुटेको ११ वर्षपछि फेरि मिलनको संवाद शुरू भएको हो ।

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा महासचिव विप्लवबीच बिहीबार औपचारिक भेटवार्ता भयो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको वार्तामा समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको बताइए पनि भविष्यमा पार्टी एकता नै गरेर जाने विषयमा समेत सकारात्मक छलफल भएको माओवादी केन्द्रका नेताहरूले बताएका छन् ।

दुई नेताबीच माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताबारे गम्भीर छलफल भएको माओवादी केन्द्रका सचिव दिलाराम आचार्यले बताए। उनले भने–‘अहिलेको भेट समाजवादी मोर्चालाई कसरी प्रभावकारी र बलियो बनाउन सकिन्छ भन्नेमै केन्द्रित हो । तर, माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताबारे पनि गम्भीर छलफल शुरू भएको छ ।’

विप्लवसहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी मिलेर समाजवादी मोर्चा गठन भएपछि नेपालको राजनीति तरङ्गित बन्दै आएको छ । ‘संसदीय व्यवस्था खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो’ भन्ने विप्लवले अन्ततः संसदीय व्यवस्थाको उपभोग गर्न माहिर खेलाडीहरूसँगको सहकार्यमा राजनीतिक यात्रा शुरू गरेका छन्।

वि.सं. २०६९ असारमा एकीकृत (माओवादी) बाट अलग भई मोहन वैद्यको नेतृत्वमा गठित नेकपा–माओवादीमा रहेका नेता विप्लवले २०७१ मंसिर ८ गते आफ्नै नेतृत्वमा नेकपा माओवादी पार्टी पुनर्गठन गरेका थिए । सोही वर्षको फागुनमा भएको आठौं महाअधिवेशनबाट उनी पार्टीको महासचिव निर्वाचित भएका थिए । त्यसयता माओवादी अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराईविरुद्ध तिखो आलोचना गर्दै आएका विप्लव पछिल्लो केही समयदेखि उनीहरूकै प्रशंसक बन्दै आएका छन्।

माओवादी आन्दोलनविरुद्ध कसैले आलोचना गरे कडा रूपमा प्रस्तुत हुँदै आएपछि विप्लवसँग प्रचण्डको सम्बन्ध सुधार हुन थालेको माओवादी नेता अनिल योगीले बताए। विप्लव माओवादी आन्दोलनको एक हिस्सा भएकाले बदलिँदो परिवेशअनुसार उनलाई माओवादी केन्द्रले केही जिम्मेवारीसहित पार्टीमा ल्याउन चाहेको पनि योगीले बताए ।

पछिल्लो समय राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति बद्लिएको भन्दै विप्लवले प्रचण्ड–बाबुरामलगायत नेताहरूलाई आलोचना गर्न छाडेर मोर्चा निर्माण गर्दै पार्टी एकतासम्म गर्न सकिने विषयमा सकारात्मक छलफल चलाएको विप्लव निकट एक नेताले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उम्मेदवार टुंगो लगाउन कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
उम्मेदवार टुंगो लगाउन कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
नेकपामा विधान स्पष्ट, राजनीतिक प्रतिवेदन गोलमोटल
नेकपामा विधान स्पष्ट, राजनीतिक प्रतिवेदन गोलमोटल
रजस्वला हुँदा अझै गोठमा सुत्न बाध्य छन् महिला
रजस्वला हुँदा अझै गोठमा सुत्न बाध्य छन् महिला
पिपलको रुख रोपेर  बाहिरिएका ओलीले राजीनामा दिएको,एक बर्ष पूरा  बढ्यो लोकप्रियता….
पिपलको रुख रोपेर बाहिरिएका ओलीले राजीनामा दिएको,एक बर्ष पूरा बढ्यो लोकप्रियता….
साँघुरिँदै कालीगण्डकी नदी : हराउँदै मौलिक स्वरुप
साँघुरिँदै कालीगण्डकी नदी : हराउँदै मौलिक स्वरुप
‘खेल क्षेत्रलाई मर्यादित बनाउनुपर्ने’
‘खेल क्षेत्रलाई मर्यादित बनाउनुपर्ने’
प्रदेश एकमा २९ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश एकमा २९ जनामा कोरोना संक्रमण पुष्टि
महाकाली राजमार्ग पुनः सञ्चालनमा
महाकाली राजमार्ग पुनः सञ्चालनमा
स्थानीय तहको चुनावबाट निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल इतिहासमा उल्लेखनीय हुनुपर्छ – केपी शर्मा ओली
स्थानीय तहको चुनावबाट निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल इतिहासमा उल्लेखनीय हुनुपर्छ – केपी शर्मा ओली
पूर्वराजाले गरे प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना
पूर्वराजाले गरे प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना

तपाईंले छुटाउनुभयो कि?